काभ्रेको नमोबुद्ध नगरपालिकाले ल्यायाे ८० करोड ७३ लाख बढीकाे बजेट
काभ्रे । काभ्रेको नमोबुद्ध नगरपालिकाले आगामी आर्थिक वर्षको लागि ८० करोड ७३ लाख २३ हजार रुपैयाँको बजेट ल्याएकाे छ । नमोबुद्धले चालुतर्फ १८ करोड ३२ लाख २६ हजार रुपैयाँ र पुँजीगततर्फ ६२ करोड ४१ लाख ३६ हजार रुपैयाँको बजेट ल्याएकाे हाे ।
सोमबार नगर प्रमुख कुनसाङ लामाको अध्यक्षतामा भएको नगर सभामा उपप्रमुख रत्न बहादुर लामाले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि आय र व्ययको अनुमान प्रस्तुत गरेका थिए ।
बैठकमा नगर प्रमुख कुनसाङ लामाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।नमोबुद्धले गत असोज १० देखि १२ सम्मको अविरल वर्षापछि बाढी र पहिरोजन्य प्रकोपबाट नगरपालिकाको पूर्वाधार, विद्युत तथा सञ्चार, कृषि तथा पशुपंक्षी, आवास लगायतको क्षेत्रमा भएको क्षति व्यवस्थापन गर्न बजेट कार्यक्रम केन्द्रित गरेको अध्यक्ष लामाले जानकारी दिए ।
आगामी नीति तथा कार्यक्रम र बजेटलाई विपद् पश्चातको राहत वितरण, पुनर्स्थापना, संरक्षणमा केन्द्रित गर्दै नागरिकको राहत, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, पूर्वाधार विकास, कृषि,रोजगारीमा जोड दिइएको उनले बताए ।
नगर सभामा सार्वजनिक लेखा समितिका संयोजक एवं वडा नम्बर ११ का वडाध्यक्ष कृष्णबहादुर तामाङले आर्थिक वर्ष २०८०/०८१ को आर्थिक विधेयकका साथै महालेखा परीक्षकको अन्तिम प्रतिवेदन र वडा नम्बर ९ का अध्यक्ष वीरबहादुर लामाले विनियोजन विधेयक प्रस्तुत गरेका थिए ।
नगर सभामा प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले चालु आर्थिक वर्ष २०८१/८२ को वित्तीय प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । उनका अनुसार, चालु आर्थिक वर्षको हालसम्मको अवधिमा ७९.५५ प्रतिशत वित्तीय प्रगति भएको छ ।
चालू आर्थिक वर्षमा ७५ करोड ३ लाख १७ हजार रुपैयाँ विनियोजन भएमध्ये ५९ करोड ३ लाख १७ हजार ८ सय ७३ खर्च भएको प्रमुख प्रशासकीय अधिकृत गिरीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण