बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

इरानमा रातभर इजरायली हमला

मङ्गलबार, १० असार २०८२, ०८ : ४८
मङ्गलबार, १० असार २०८२

सारांश

  • इजरायलले तेहरानमा आक्रमण गर्‍यो, जसले गर्दा स्थानीय बासिन्दाहरू रातभर जागा रहे।
  • इजरायलले सहर खाली गर्न चेतावनी जारी गरेको थियो, तर इन्टरनेट अवरुद्ध हुँदा जानकारी पाउन गाह्रो भयो।
  • इरानका विदेशमन्त्रीले इजरायली आक्रमण रोक्न समयसीमा तोकेको र सेनालाई धन्यवाद दिए।

तेहरान । इजरायलले सोमबार राति इरानको राजधानी तेहरानमा भारी आक्रमण गरेको छ । तेहरानका एक बासिन्दाले सहरका मानिसहरूले निद्रा बिना अर्को रात बिताएको बताए । रातभरि ठुलो विस्फोटको आवाज सुनेको मानिसहरूले बताएका छन् । 

यसअघि इजरायलले सहरका विभिन्न क्षेत्रहरू तुरुन्तै खाली गर्न तीन पटक चेतावनी जारी गरेको थियो । इरानमा इन्टरनेट सेवा अझै पनि अवरुद्ध छ, जसका कारण स्थानीय मानिसहरूलाई चेतावनीको बारेमा जानकारी प्राप्त गर्न कठिनाइ भइरहेको छ ।

‘हामी किन यति ढिलोसम्म जागा बस्नु पर्छ, किन यति धेरै तनाव सहनु पर्छ, हामीलाई के हुनेवाला छ भनेर हेर्नको लागि? म स्तब्ध छु। अब म सुन्ने हरेक आवाजबाट डराउँछु ।’ अर्का बासिन्दाले बीबीसीलाई भने । रिपोर्टहरूका अनुसार इरानको सरकारी टिभीले देशका केही भागहरू आज राति जुन १३ पछिको सबैभन्दा तीव्र हवाई आक्रमणबाट प्रभावित भएको बताएको छ । तेहरानका केही बासिन्दाहरूले बीबीसीलाई बिहान ४ बजेतिर विस्फोटको आवाज बन्द भएको बताएका थिए ।

इरानका विदेशमन्त्री सईद अब्बास अराघचीले माइक्रो ब्लगिङ वेबसाइट एक्समा पोस्ट गरेर इजरायली आक्रमण रोक्नको लागि समयसीमा बिहान ४ बजे तोकिएको भनेका थिए । उनले बिहान ४ बजेसम्म इजरायली आक्रमणको प्रतिक्रिया दिएकोमा सशस्त्र सेनालाई धन्यवाद दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप