हिजो रद्द भएको नेपाल एयरलाइन्सको दोहा उडान आज मध्यान्ह सञ्चालन हुने
मङ्गलबार, १० असार २०८२, १० : ५६
सारांश
- कतारले हवाई क्षेत्र बन्द गर्दा हिजो रद्द भएको नेपाल एयरलाइन्सको काठमाडौँ-दोहा उडान आज दिउँसो १२ बजे सञ्चालन हुने भएको छ।
- नेपाल वायुसेवा निगमले सूचना जारी गर्दै हिजोको उडान आज दिउँसो १२ बजे हुने जानकारी गराएको छ।
- यात्रुहरूलाई निर्धारित समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपस्थित हुन निगमले अनुरोध गरेको छ र असुविधाप्रति क्षमा मागेको छ।
काठमाडौँ । कतारले आफ्नो हवाई क्षेत्र (एफआईआर) बन्द गर्दा हिजो रद्द भएको नेपाल एयरलाइन्सको काठमाडौँ–दोहा उडान आज मध्यान्ह १२ बजे सञ्चालन हुने भएको छ ।
नेपाल वायुसेवा निगमले एक सूचना जारी गर्दै हिजोको लागि निर्धारित उडान RA 239/240 आज दिउँसो १२:०० बजे सञ्चालन हुने जानकारी दिएको हो ।
निगमले सम्बन्धित उडानका यात्रुहरूलाई निर्धारित समयमा नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपस्थित हुन अनुरोध गरेको छ।
उडान रद्द हुनाले यात्रुहरूमा पर्न गएको असुविधाप्रति निगमले क्षमा याचना गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण