आगामी दशकलाई सूचना प्रविधि दशकको रुपमा अघि बढाइएको छः सञ्चारमन्त्री
सारांश
- सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले सूचना प्रविधिलाई विकासको आधारस्तम्भको रूपमा प्रयोग गर्ने बताए।
- मन्त्रीले सूचना प्रविधि दशकको अवधारणा अघि सारे, निजी क्षेत्रलाई आकर्षित गर्दै निर्यात योग्य प्रविधिको विकास गर्ने बताए।
- युवा जनशक्तिलाई आकर्षित गरी रोजगारी सिर्जना गर्ने र सूचना प्रविधिमार्फत आर्थिक समृद्धि हासिल गर्ने योजना रहेको छ।
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले विकासको आधार स्तम्भको रुपमा सूचना प्रविधिको उपयोग गर्ने लक्ष्यसहित आगामी दशकलाई सूचना प्रविधि दशकको रुपमा अगाडि बढाइएको बताएका छन् ।
प्रतिनिधि सभाको मंलगवारको बैठकमा विनियोजन शीर्षकमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री गुरुङले यस्तो बताएका हुन् । उनले सूचना प्रविधिको क्षेत्रमा निजी क्षेत्रलाई आकर्षित गर्दै निर्यातयोग्य सूचना प्रविधि विकास गरिने स्पष्ट पारे।
मन्त्री गुरुङले सूचना र प्रविधिको क्षेत्रमा युवा जनशक्तिलाई आकर्षित गरी रोजगारी र स्वरोजगारीको अवसर सिर्जना गर्दै सूचना प्रविधिमार्फत आर्थिक, सामाजिक रुपान्तरण एवं आर्थिक समृद्धि हासिल गर्ने दीर्घकालिन सोच अगाडि बढाएको स्पष्ट पारे । सुशासन र विद्युतीय शासन प्रबद्र्धन एवं सदाचारको परिपालनमा मन्त्रालय प्रतिबद्ध रहेको बताउँदै उनले बजेटमा विनियोजित बजेट मन्त्रालयको कार्यक्षेत्रसँग सम्बन्धित छ वटा क्षेत्रमा आधारित रहेको जानकारी दिए ।
उन मन्त्रालय सम्बद्ध विषयहरुको कार्यान्वयन र तोकिएका सूचकको लक्ष्य प्राप्तिका लागि मन्त्रालयले वार्षिक कार्यक्रमहरुको एकीकृत कार्ययोजना तयार गरी सोहीअनुरुप अगाडि बढ्ने स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
-
गाडीमा कर छल्न भन्सारमा चलखेल : रसुवाका ६ जना कर्मचारी तानिए, छानबिन समिति गठन
-
गाजामा पछिल्लो २४ घण्टामा कम्तीमा ११ जनाको मृत्यु, ३२ जना घाइते
-
भुटानी ब्याटरलाई ‘टाइम–आउट’ आउट गराएको घटनामा नेपाल क्रिकेट सङ्घले माग्यो माफी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण