त्रिभुवन राजपथ २ दिन बन्द हुने
मङ्गलबार, १० असार २०८२, १५ : २३
हेटौँडा । त्रिभुवन राजपथ सडकखण्ड २ दिन बन्द हुने भएको छ । त्रिभुवन राजपथ अन्तर्गत लामिडाँडा–सिमभञ्ज्याङ्ग सडक खण्डमा आगामी असार १३ र १४ गते सवारी आवागमन बन्द गरिने भएको हो ।
मंगलबार जिल्ला प्रशासन कार्यालय मकवानपुरले एक सूचना जारी गर्दै असार १३ र १४ गते सवारी आवागमन बन्द हुने जानकारी दिएको हो ।
सडक डिभिजन हेटौँडाका अनुसार त्रिभुवन राजपथ अन्तर्गत लामिडाँडा–सिमभञ्ज्याङ्ग सडकखण्ड अन्तर्गत मकवानपुरको रानी भञ्ज्याङ्ग मोडमा सडक मर्मत तथा ह्युम पाइप बिछ्याइने भएकाले दुई सडक आवागमन बन्द हुने भएको हो । सडक दिउँसो १२ बजेदेखि ४ (चार घण्टा) सम्म बन्द गरिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण