लालीबजारमा स्वस्तिमाको फरक लुक्स
सारांश
- षट्कोण आर्टसको नयाँ फिल्म 'लालीबजार' मा अभिनेत्री स्वस्तिमा खड्का अनुबन्धित भएकी छिन्। फिल्म आगामी फागुन १ गते रिलिज हुनेछ।
- फिल्ममा स्वस्तिमा खड्का गर्भवतीको भूमिकामा देखिनेछिन्, जसको पोस्टर सार्वजनिक भइसकेको छ।
- 'लालीबजार' को लेखन तथा निर्देशन यम थापाले गर्नेछन् भने रवीन्द्रसिंह बानियाँ र म्याक्स दीपेस खत्रीले निर्माण गर्नेछन्।
काठमाडौँ । ‘जात्रा’ शृङ्खलाको निर्माण ब्यानर षट्कोण आर्टसले निर्माणमा बन्न लागेको ‘लालीबजार’मा अभिनेत्री स्वस्तिमा खड्का अनुबन्धित भएकी छन् । ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’ र ‘महाजात्रा’ जस्ता फिल्म निर्माण गरेको षट्कोणले ‘लालीबजार’का लागि खड्का फाइनल भएको जनाएको हो ।
निर्माण युनिटले अभिनेत्री खड्का फिचर्ड पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति फागुन १ गते घोषणा गरेको छ । सार्वजनिक पोस्टरमा अभिनेत्री खड्का गर्भवतीको रूपमा देखिएकी छन् । उनको शृङ्गार र हाउभाउले फरक कथा चित्रण गर्ने बुझिन्छ ।
यम थापाको लेखन तथा निर्देशन रहने ‘लालीबजार’लाई रवीन्द्रसिंह बानियाँ र म्याक्स दीपेस खत्रीले निर्माण गर्न लागेका हुन् । फिल्मका कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् । अभिनेत्री खड्काले फिल्मको कथावस्तु र निर्माण टिमका कारण आफू नयाँ र फरक रूपमा प्रस्तुत हुन तयार भएको बताइन् ।
उनले भनिन्, ‘दर्शकले मेरा अघिल्ला फिल्मभन्दा यसमा भिन्न देख्नुहुनेछ । सार्वजनिक गरिएको पोस्टरले पनि धेरै कुरा भनिरहेको छ, म यो पात्रलाई जीवन्त बनाउन निकै उत्साहित छु ।’
फिल्मका अन्य कलाकार र विषयवस्तुका केही समयपछि जानकारी दिने निर्माण पक्षले बताएको छ ।
आगामी दसैँलगत्तै छायाङ्कन गरिने ‘लालीबजार’ षट्कोण आर्टस् एकल निर्माता भएर निर्माण गरिरहेको पाँचौँ फिल्म हो । यसबाहेक ‘टल्कजङ्ग भर्सेस टुल्के’, ‘डाकिनी’, ‘सुपर मङ्क’ लगायत फिल्ममा अन्य ब्यानरसँग उसले सहकार्य गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण