ललितपुर महानगरले ल्यायाे सात अर्ब ४६ करोडभन्दा बढीकाे बजेट (पूर्णपाठ)
ललितपुर । ललितपुर महानगरले आगामी आर्थिक वर्ष २०८२/२०८३ को लागि सात अर्ब ४६ करोड ८३ लाख ९२ हजार बजेट ल्याएकाे छ । महानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले मंगलबारकाे नगरसभामा उक्त रकम बराबरकाे बजेट प्रस्तुत गरेकी हुन्न् । चालु खर्च तर्फ २ अर्ब ७८ करोड ८९ लाख ६९हजार र पूँजीगत तर्फ ४ अर्ब ६७ करोड ९४ लाख र २३ हजार विनियोजन गरिएको छ ।
नगरलाई समृद्धि र सुशासन सम्पदा र संस्कृति संरक्षण , दिगो पूर्वाधार, हरियाली प्रवर्द्धन , पर्यावरण, आत्मनिर्भर अर्थतन्त्र , गुणस्तरीय शिक्षा, घर घर स्वच्छ खानेपानी, सामाजिक विकास, स्वास्थ्य युवा रोजगार लगायतका क्षेत्रलाई बजेटले प्राथमिकता दिएको छ ।
चालु आवकाे विकास खर्च ४२ प्रतिशत मात्रै
यस्तै ललितपुर महानगरपालिकाको चालु आर्थिक वर्ष २०८१/०८२को विकासे खर्च जेठ मसान्तसम्ममा जम्मा ४२ प्रतिशत मात्रै भएको छ ।
महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्ने क्रममा सार्वजनिक गरेको प्रगति प्रतिवेदन अनुसार पुँजीगत खर्च कमजोर देखिएको हो ।
महानगरका अनुसार चालु आर्थिक वर्षका लागि प्रस्तुत भएको बजेटमा कुल खर्च ७ अर्ब ४६ करोड ८३ लाख रुपैयाँ रहेकोमा कुल खर्च ३ अर्ब ९७ करोड ८८ लाख रुपैयाँ अर्थात ५३ प्रतिशत मात्रै भएको हो ।
यसमध्ये चालु खर्च तर्फ २ अर्ब ७८ करोड ८९ लाख र पुँजीगत खर्च तर्फ ४ अर्ब ६७ करोड ९४ लाख रुपैयाँ विनियोजन भएको थियो ।
जेठ मसान्तसम्ममा चालु खर्च तर्फ २ अर्ब ३ करोड १९ लाख अर्थात ७३ प्रतिशत र पुँजीगत खर्च तर्फ १ अर्ब ९४ करोड ६८ लाख अर्थात ४२ प्रतिशत मात्रै भएको महानगरले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण