कतारको हवाई मार्ग पुनः खुलेसँगै नेपाल वायुसेवाको वैकल्पिक उडान सम्पन्न
सारांश
- नेपाल वायुसेवा निगमको काठमाडौं-दोहा उडान कतारको अस्थायी सुरक्षा कारणले स्थगित गरियो।
- कतारको आकाश मार्ग खुलेपछि निगमले वैकल्पिक उडानमार्फत यात्रुलाई गन्तव्यतर्फ पठायो।
- निगमले प्रभावित यात्रुलाई अन्य उडानमा निःशुल्क सार्ने वा टिकट रकम फिर्ता गर्ने जनाएको छ।
काठमाडौँ । नेपाल वायुसेवा निगमले असार ९ गते (२०२५ जुन २३) का लागि निर्धारित काठमाडौँ–दोहा–काठमाडौँ (RA–२३९/२४०) उडान कतार सरकारद्वारा जारी अस्थायी नोटम (नोटिस टू एयरमेन) का कारण स्थगित भएको जानकारी दिएको छ। कतारको आकाश मार्गमा सम्भावित युद्धजन्य सुरक्षा जोखिम देखिएपछि अस्थायी रूपमा मार्ग बन्द गरिएको थियो।
तर, कतार सरकारको निर्णयअनुसार आकाश मार्ग पुनः सञ्चालनमा आएसँगै निगमले प्रभावित यात्रुहरूका लागि असार १० गते दिनको १:३५ बजे वैकल्पिक उडानमार्फत यात्रुहरूलाई गन्तव्यतर्फ पठाइसकेको जनाएको छ। यस बाह्य परिस्थितिका कारण असार ९ को उडान रद्द हुँदा यात्रुहरूलाई परेको असुविधाप्रति नेपाल वायुसेवा निगमले दुःख प्रकट गरेको छ।
निगमले थप जानकारी दिँदै भनेको छ, ‘प्रभावित उडानका यात्रुहरूलाई निगमका अन्य नियमित उडानमा निःशुल्क मिति परिवर्तन वा पूर्ण टिकट रकम फिर्ता गर्ने व्यवस्था गरिनेछ।
निगमले अन्त्यमा यात्रुहरूको सुरक्षा पहिलो प्राथमिकता भएको उल्लेख गर्दै, यस्ता अनपेक्षित तथा अनिश्चित परिस्थितिमा अन्तर्राष्ट्रिय मान्यता अनुरूप मात्रै सुरक्षित उडान सञ्चालन गरिने जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण