बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

त्रिशूली नदीमा हामफालेर महिला बेपत्ता

बुधबार, ११ असार २०८२, १० : ३६
बुधबार, ११ असार २०८२

सारांश

  • धादिङको गल्छी गाउँपालिका-१ मा एक महिला त्रिशूली नदीमा हाम फालेर बेपत्ता भइन्।
  • बुधबार बिहान अन्दाजी ५६ वर्षीया साइँली गिरी नदीमा हामफालेको बताइएको छ।
  • महिलाको खोजीका लागि सशस्त्र प्रहरीले खोजी कार्य सुरु गरेको छ।

काठमाडौँ । धादिङको गल्छी गाउँपालिका–१ स्थित त्रिशूली नदीमा एक महिला हामफालेर बेपत्ता भएकी छन् । 

बुधबार बिहान अन्दाजी ५६ वर्षीया साइँली गिरी नदीमा हामफालेको बताइएको छ । 

उनी बेपत्ता भएको खबरसँगै सशस्त्र प्रहरीले खोजी कार्य सुरु गरेको जनाएको छ । 

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस आदमघाटबाट सशस्त्र प्रहरी नायव निरीक्षक वीरेन्द्र कुमार मण्डलको कमाण्डामा विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज परिचालित गरिएको सशस्त्र प्रहरीको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप