एनपीएलको खर्च विवरण बुझाउन ८ जना बोर्ड सदस्यको माग, पारसले एकलौटी निर्णय गरेको आरोप
सारांश
- नेपाल क्रिकेट संघ (क्यान) का बोर्ड सदस्यहरूले एनपीएलको खर्च विवरण सार्वजनिक गर्न माग गर्दै अध्यक्षलाई ज्ञापन पत्र बुझाए।
- ज्ञापन पत्रमा सचिव पारस खड्कालाई खर्च विवरण सार्वजनिक नगरेको आरोप लगाइएको छ, एकलौटी गरेको समेत बताइएको छ।
- बोर्ड सदस्यहरूले क्यानको विधि, विधान र पारदर्शिताको माग गर्दै, सबै निर्णयहरूमा छलफल हुनुपर्ने कुरामा जोड दिएका छन्।
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का आठ जना बोर्ड सदस्यले नेपाल प्रिमियर लिग (एनपीएल) को खर्च विवरण सार्वजनिकको माग गर्दै अध्यक्ष चतुर बहादुर चन्दलाई ज्ञापन पत्र बुझाएका छन् ।
प्रतियोगिता सकिएको ६ महिना पुग्दा पनि क्यानले खर्च विवरण सार्वजनिक नगर्नुमा सचिव पारस खड्कालाई जिम्मेवार देखाउँदै उनीहरूले ज्ञापन पत्र बुझाएका हुन् । उनीहरूले यस विषयमा खड्काले एकलौटी गर्दै आएको आरोप समेत लगाएका छन् ।
जेठ ३१ गते ज्ञापन पत्र बुझाए पनि ढिला गरी रातोपाटीले प्राप्त गरेको पत्रमा क्यान कुनै एक वा दुई जनाको व्यक्तिगत संस्था नभएको भन्दै नेपाल क्रिकेट संघको विधि विधान र विनियामलीअनुसार सञ्चालन हुनुपर्नेमा जोड दिइएको छ ।
‘यहाँ हुने हरेक निर्णय स्पष्ट, खुला र संस्थाको विधि विधान अनुरूप हुनु आवश्यक छ । तर संस्थामा अहिले देखिएको एकल निर्णय प्रवृत्ति, वान विन्डो सिस्टम र केही व्यक्तिको केन्द्रीकृत हस्तक्षेपले संस्थाको विधि र विधान संग मेल खाँदैन’, ज्ञापनपत्रमा भनिएको छ, ‘संस्थाको नीति, नियम र प्रक्रियामा रहेर गरिने निर्णयहरूमा बोर्डका सबै सदस्यहरूसँग छलफलपछि मात्र कार्यान्वयन गरिनु पर्ने सामान्य प्रक्रियालाई समेत बेवास्ता गरिएको स्पष्ट देखिन्छ । जसले संस्थालाई मजबुत र पारदर्शी बनाउनु भन्दा कमजोर र अपारदर्शी बनाउन तर्फ उन्मुख गराएको देखिन्छ ।’
ज्ञापनपत्रमा आफूहरूले कुनै पनि व्यक्ति विशेषको आलोचना गर्न नचाहने तर नेपाल क्रिकेट संघको विधानले दिएको अधिकार हनन गर्ने अधिकार भने कसैलाई नभएको उल्लेख गरिएको छ ।
ज्ञापनपत्र बुझाउनेहरूमा क्यानका बोर्ड सदस्य रोशन सिंह, दुर्गा पाठक, विक्रम विष्ट, माधव कर्माचार्य, वीरेन्द्र चन्द, अर्जुन पौडेल, प्रदीप मज्गाइन र जयन्ती भट्ट छन् ।
सिंहले आफूहरूले क्यानमा आर्थिक पारदर्शिता कायम गराउने उद्देश्यका साथ ज्ञापन पत्र बुझाएको बताए । यता बोर्ड सदस्य दुर्गा पाठकले पनि क्यानको निर्णय सबै बोर्ड सदस्यमा जानकारी हुनुपर्ने र नयाँ सिजन सुरुवात हुँदा पुरानो सिजनको आर्थिक पाटो जानकारी हुनु पर्ने विषयलाई ध्यानमा राखेर ज्ञापन पत्र बुझाएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण