आइतबार, १० साउन २०८३
ताजा लोकप्रिय

दुई गजल

बुधबार, ११ असार २०८२, १५ : ०९
बुधबार, ११ असार २०८२
  • विशाल बिहानी


१)
बुझेको छु, मैले दुखाइ हजुरको,
छु हाँसेको, पीडा लुकाइ हजुरको ।

जोगाइराख्नेछौँ यो माया जीवनभर,
छ आशा–भरोसा मलाई हजुरको ।

बाआमा तपाईंको घट्दैन कहिले,
सगरमाथाजस्तो उचाइ हजुरको ।
 
ममाथि करोडौँ लगानी गरेको,
यहीँ नाम हो बा कमाइ हजुरको ।।

कैयौँ टाढा हुन्छन्, छु मैले देखेको,
अनेकौँ  बहाना  बनाइ हजुरको ।

२)

कतै दुःख्छ दुःख्दैन पाउलाई के सोध्नु,
संघर्षले बनेका ‘बा’का घाउलाई के सोध्नु ।

खै कुन शब्दले सम्बोधन गरौँ बा हजुरको
सधैँ काँडामाथि हिँड्ने बाउलाई के सोध्नु ।

कति बगे होलान् पसिना बाको शरीरबाट
पसिनाले नै बनेका नदी तलाउलाई के सोध्नु ।

बाले कति संघर्ष गर्नु भो जिन्दगीभर ?
देखिन्छ साक्षी राखेर यो गाउँलाई के सोध्नु ।

यहाँ आज जति बनेको छु, जे बनेको छु म,
बाको संघर्षले नै बनेको नाउलाई के सोध्नु ।

(अछाम)
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप