माधव नेपालविरूद्धको मुद्दामा राति सवा ९ बजेसम्म आएन आदेश
सारांश
- पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्धको जग्गा घोटाला मुद्दामा विशेष अदालतले बुधबार आदेश सुनाउने तयारी गरेको छ।
- अदालतमा बयान र बहस सकिएपछि न्यायाधीशहरू आदेश लेख्न व्यस्त छन्, भने नेपाल इजलासमा र समर्थक बाहिर प्रतीक्षामा छन्।
- पतञ्जलीको जग्गा हिनामिना प्रकरणमा नेपालसहित ९३ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो, जसमा १८ करोड ५८ लाख रुपैयाँ बिगो मागदाबी गरिएको छ।
काठमाडौँ । पतञ्जलीको जग्गा घोटाला प्रकरणका प्रतिवादी पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्धको मुद्दामा विशेष अदालतले बुधबार नै आदेश सुनाउने तयारी गरेको छ ।
तर राति सवा ९ बजेसम्म पनि न्यायाधीशहरु आदेश लेख्न नै व्यस्त छन् । नेपाल अदालतस्थित इजलास कक्षमै आदेशको प्रतीक्षामा रहेका छन् भने समर्थकहरु बाहिर कुरेर बसिरहेका छन् । उनको मुद्दामा के आदेश आउला भन्नेबारे सर्वत्र चासो रहेको छ ।
अदालतमा करिब ४ घण्टा बयान र त्यसपछि भएको बहस करिब साढे ६ बजेतिर सकिएसँगै न्यायाधीशहरु आदेश लेखनमा जुटेका हुन् ।
बुधबार बिहान पूर्वप्रधानमन्त्री नेपाल विशेष अदालतमा उपस्थित भएपछि पेसी तोकेर अदालती प्रक्रिया अघि बढाइएको हो । जसअनसार न्यायाधीशहरू तेजनारायण सिंह, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा बयानपछि पक्षविपक्षमा बहस भएको थियो । नेपालका तर्फबाट पाँच र सरकारी पक्षबाट पाँच जना वकिलले बहस गरेका थिए ।
पतञ्जली योगपिठको हदबन्दी जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित ९३ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । आरोपपत्रमा पूर्वप्रम नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो मागदाबी गरिएको छ ।
नेपालमाथि उक्त जग्गा खरिदमा हदबन्दी छुटको निर्णय गरेर अनियमितता गरेको अभियोग छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण