जसपाको निर्णयले राष्ट्रिय सभामा सरकार अल्पमतमा, कस्तो पर्छ प्रभाव ?
सारांश
- जनता समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ, जसले गर्दा एमाले-कांग्रेस गठबन्धन राष्ट्रिय सभामा अल्पमतमा पर्ने सम्भावना बढेको छ।
- जसपा नेपालको कार्यकारिणी समितिको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो र संसदीय दलको बैठकपछि औपचारिक रूपमा संसद्लाई जानकारी गराइनेछ।
- समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा पर्नेछ, जसले गर्दा विधेयक पारित गर्न समस्या हुनेछ, किनभने बहुमतका लागि ३० सांसद आवश्यक पर्छ।
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै एमाले कांग्रेस गठबन्धनको सरकार राष्ट्रिय सभामा अल्पमतमा पर्ने भएको छ ।
जसपा नेपालका प्रवक्ता मनिष सुमनका अनुसार जसपा नेपालको ९ र १० गते बसेको कार्यकारिणी समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
यसबारे संसदीय दलको बैठक बसेर औपचारिक निर्णय गर्ने जसपाको तयारी छ । दलको बैठकपछि जसपाले समर्थन फिर्ता गरेको संसद्मा जानकारी गराउनेछ ।
जसपाले समर्थन फिर्ता लिएसँगै राष्ट्रिय सभामा सरकार अल्पमतमा पर्नेछ । यतिवेला राष्ट्रिय सभामा माओवादीका राष्ट्रिय सभा अध्यक्षसहित १८ सांसद छन् । नेपाली कांग्रेस १६, एकीकृत समाजवादी ८, जसपा नेपाल ३, जनमोर्चा १, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) १ र एक जना मनोनीत (बामदेव गौतम) छन् ।
राष्ट्रपतिबाट मनोनीत एक (अञ्जना शाक्य) सहित एमालेबाट ११ जना छन् । यो अवस्थामा जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिँदा सरकारको पक्षमा राष्ट्रिय सभामा २८ जना सदस्य रहन्छन् । वामदेव गौतम समेत जोड्दा सरकारको पक्षमा २९ पुग्छ ।
राष्ट्रिय सभाको बनौट ५९ सदस्यीय छ, जसमा बहुमतका लागि ३० सांसद चाहिन्छ । यो सभामा सरकार अल्पमतमा पर्दा सरकार नढले पनि सरकारले संसद्बाट पास गर्ने विधेयक पारित गर्न समस्या हुनेछ ।
अहिले एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गरेका छन् । बुधबार बसेको एमाले सचिवालय बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले जसपा नेपालले समर्थन फिर्ता लिने निर्णय गरेको जानकारीमा आएको बताए ।
उनले जसपाको रिजर्भेसन भूमि विधेयकमा रहेकाले त्यसलाई सरकारले नै पुनर्विचार गरेको अवस्थामा फिर्ताको निर्णय नगरेको भए राम्रो हुने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण