निलम्बित मेयर थापाको मुद्दा हेर्दाहेर्दैमा
बिहीबार, १२ असार २०८२, १५ : ३८
सारांश
- बागमती नगरपालिकाका निलम्बित मेयर भरतबहादुर थापाविरुद्धको भ्रष्टाचार मुद्दा हेर्दाहेर्दैमा राखिएको छ।
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थापाविरुद्ध ५ करोड ३३ लाख रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोग लगाएको छ।
- निलम्बित मेयर थापाविरुद्ध विशेष अदालतमा ३ वटा भ्रष्टाचार मुद्दा छन्, जसमा एउटामा उनलाई धरौटीमा छाडिएको थियो।
काठमाडौँ । बागमती नगरपालिकाका निलम्बित मेयर भरतबहादुर थापाविरुद्धको भ्रष्टाचार मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । २०८० चैत २७ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध ५ करोड ३३ लाख रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर गरेको थियो ।
उक्त मुद्दामा पछिल्लो पटक जेठ १९ गते साक्षी बुझ्ने आदेश भएकोमा बिहीबारदेखि नियमित सुनुवाइ सुरु भएको हो । तर आज सुनुवाइ नसकिएपछि मुद्दा शुक्रबार सुनुवाइ हुनेगरी हेर्दाहेर्दैमा राखिएको हो । निलम्बित मेयर थापाविरुद्ध विशेष अदालतमा ३ थान भ्रष्टाचार मुद्दा दायर भएका छन् ।
जसमध्ये ताल नै नभएको ठाउँमा माछापोखरी निर्माणका लागि सङ्घ र प्रदेश सरकारसँग अनुदान मागी ५६ करोड ७१ लाख भ्रष्टाचार गरेको अभियोगको मुद्दामा गत असार ५ गते विशेषले ३ लाख धरौटीमा छाड्ने आदेश गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण