मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

काठमाडौँमा म्याङ्गो फेस्ट हुने

बिहीबार, १२ असार २०८२, १६ : २१
बिहीबार, १२ असार २०८२

सारांश

  • भोलिबाट काठमाडौँमा तीन दिने नेपाल म्याङ्गो फेस्ट- २०२५ सुरु हुने भएको छ।
  • फेस्टको मुख्य उद्देश्य नेपाली आँपको पहिचान, कृषकको मूल्य शृङ्खला र उपभोक्ताको पहुँच बढाउनु हो।
  • वालनट बिस्ट्रो, लाजिम्पाटमा कृषि मन्त्रीको उपस्थितिमा फेस्टको उद्घाटन हुनेछ, जहाँ विभिन्न आँप पाइनेछ।

काठमाडौँ । काठमाडौँमा भोलि शुक्रबारबाट तीन दिन नेपाल म्याङ्गो फेस्ट– २०२५ हुने भएको छ । नेपाली स्वाद, रङ र आँप संस्कृतिको विकासको लागि फेस्टिभल गर्न लागेको आयोजकले जनाएको छ ।

तराई मधेसमा उत्पादन गरिएका नेपाली आँपहरूको विविधता, स्वाद र मूल्य शृङ्खला प्रवर्धन गर्न फेस्ट हुन लागेको आयोजक काठमाडौँ अर्गानिक्सले जनाएको छ । 

वालनट बिस्ट्रो, लाजिम्पाटमा आयोजना हुने उद्घाटन समारोहमा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । फेस्टिभलको मुख्य उद्देश्य नेपाली आँपको पहिचान फैलाउने, स्थानीय कृषकहरूको मूल्य शृङ्खला मजबुत बनाउने र प्राकृतिक, विषादीरहित उत्पादनप्रति उपभोक्ताको पहुँच बढाउने रहेको बताइएको छ ।  

म्याङ्गो फेस्टमा  १० भन्दा बढी प्रजातिका आँपहरू प्रदर्शनीमा राखिनेछ भने ५ भन्दा बढी प्रजातिका आँपहरू प्रत्यक्ष किसानबाट किनमेल गर्न मिल्ने व्यवस्था रहेको छ । माल्दा, दशहरी, जरदा, किसानबोग, कलकत्तिया आँप किन्न पाइन्छ । यस्तै २० भन्दा बढी आँप समावेश गरिएका परिकारहरू र पेय पदार्थहरू हुनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप