मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

सशस्त्रका वरिष्ठ अधिकृतहरूको सम्मेलन सम्पन्न

बिहीबार, १२ असार २०८२, १६ : २७
बिहीबार, १२ असार २०८२

सारांश

  • सशस्त्र प्रहरी वरिष्ठ अधिकृत सम्मेलन-२०८२ हलचोकमा सम्पन्न भयो, जसमा गृहमन्त्री रमेश लेखकले समापन गरे।
  • गृहमन्त्री लेखकले सशस्त्र प्रहरीको सीमा सुरक्षा, राजश्व चुहावट नियन्त्रण र विपद् व्यवस्थापनमा उत्कृष्ट योगदानको प्रशंसा गरे।
  • सम्मेलनमा आईजी राजु अर्यालले नागरिक सुरक्षा र विपद् उद्धारमा थप प्रभावकारी काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

काठमाडौँ । सशस्त्र प्रहरी वरिष्ठ अधिकृत सम्मेलन–२०८२ सम्पन्न भएको छ । बिहीबार हलचोकस्थित सशस्त्र प्रहरी बलको  मुख्यालयमा आयोजित समारोहमा गृहमन्त्री रमेश लेखकले वरिष्ठ अधिकृत सम्मेलनको समापन गरेका हुन् ।

समारोहमा गृहमन्त्री लेखकले सीमा सुरक्षाको काममा सशस्त्रले उत्कृष्ट योगदान गरेको बताए । राजश्व चुहावट नियन्त्रण, विपद् व्यवस्थापन जस्ता कार्यमा सशस्त्र प्रहरी बलको महत्त्वपूर्ण भूमिका र उत्कृष्ट कार्यसम्पादन रहेको लेखकले बताए । 

उनले भने, ‘सीमित श्रोत साधनको भरमा काम गर्नुपर्ने अवस्था रहे पनि सशस्त्र प्रहरी बलको कार्यसम्पादन उत्कृष्ट छ ।’  मनसुन सुरु भइसकेको हुनाले प्रतिकार्यको लागि तयार रहन मन्त्री लेखकले सबै बाहिनीपतिहरुलाइ उनले निर्देशन  दिएका छन् । 

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सम्मेलन नतिजामुखी बनाउने र सङ्गठनको समसामयिक विषयमा छलफल भएको बताए । आईजी अर्यालले आम नागरिकको सुरक्षा, विपद् उद्धार लगायतका कार्यमा थप प्रभावकारी कार्य गरिने बताए ।

कार्यक्रममा गृह सचिव गोकर्णमणी दुवाडी,  कार्यक्रममा गृह मन्त्रालय नीति योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाका सहसचिव आनन्द काफ्ले, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृह मन्त्रालय सुरक्षा तथा समन्वय महाशाखाका सह सचिव रामचन्द्र तिवारी , प्रशासन महाशाखाका  सह सचिव छवि रिजाल सहभागी थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप