१२ बजे १२ समाचार: भिजिट भिसा प्रकरणमा ‘बेकामे’ समिति, रोपाइँमा सधैँ मलकै सकस
सारांश
- सरकारले शंकरदास बैरागीको नेतृत्वमा अध्यागमन र भिसाको समस्या समाधान गर्न छानबिन समिति बनाएको छ, तर यसले अनियमिततामा छानबिन नगर्ने भयो।
- देशभर रोपाइँ चलिरहँदा किसानहरूले मलको अभाव झेलिरहेका छन्, जसले गर्दा उनीहरू रासायनिक मलको जोहो गर्न भौँतारिनुपर्ने अवस्था छ।
- कलाकारहरूले सामाजिक सञ्जालमा हुने दुर्व्यवहारको विरोध गर्दै 'एक्सपोज' अभियान सुरु गरेका छन्, अब चुप नलाग्ने घोषणा गरेका छन्।
काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा ‘१२ बजे १२ समाचार’ लिएर हाजिर भएका छौँ–
१. ‘बेकामे’ समिति
सरकारले पूर्वमुख्यसचिव शंकरदाश बैरागीको नेतृत्वमा बनाएको ‘अध्यागमन र भिजिट भिसा सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्न गठित उच्चस्तरीय अध्ययन एवं छानबिन समिति’ले अनियमितताबारे छानबिन नगर्ने भएको छ ।
२. मलको सधैँ सकस
देशैभरि धमाधम रोपाइँ भइरहेको छ । तर मुख्य रोपाइँको वेला यस वर्ष पनि मल पर्याप्त मल नपाइएको गुनासो किसानहरूबाट आउन थालिसक्यो । धान रोप्नुपर्ने वेला किसानहरू रासायनिक मलको जोहो गर्न भौँतारिनुपर्ने अवस्था छ ।
३. कलाकारको ‘एक्सपोज’ अभियान
केही अघिसम्म कलाकारहरू आफूमाथि सामाजिक सञ्जालमा हुने गरेका अभद्र टिप्पणीमा चुप लागेरै बस्थे । प्रतिक्रिया जनाउँदा विषय अझै बल्झिँदै जाने चिन्ताले उनीहरू यस्ता कुरालाई सार्वजनिक गर्न डराउँथे । आफ्नो सामाजिक प्रतिष्ठामा असर पुग्ने डरले पनि उनीहरू त्यस्ता दुव्र्यवहारमा कुनै प्रतिक्रिया दिँदैनथे ।
अहिले समय फेरिएको छ । सामाजिक सञ्जालमा हुने गरेका दुव्र्यवहार र नकारात्मक टिप्पणी लुकाउने र सहने मानसिकताबाट कलाकार बाहिर निस्कन थालेका छन् । उनीहरू आफूमाथि हुने साइबर दुव्र्यवहारविरुद्ध खुलेर प्रतिवाद गर्न थालेका छन् ।
४. शिक्षा विधेयक
विद्यालय शिक्षा विधेयक पारितको अन्तिम चरणमा पुगेको छ । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा समितिले विधेयकलाई भोलिसम्ममा पारित गर्ने तयारी गरेको हो ।
विधेयक अन्तिम चरणमा पुगिरहेको वेला विधेयकमा सुरुदेखिको विवादित विषय भने झन पेचिलो बन्दै गएको छ । निजी विद्यालयको सञ्चालन तथा व्यवस्थापनको विषय थप पेचिलो बनेको हो । निजी विद्यालयलाई निश्चित समयभित्रमा सार्वजनिक गुठी तथा नाफारहित बनाउने वा निर्वाध रूपमा सञ्चालन गर्न दिने विषयमा समिति सदस्यहरूबिच रस्साकस्सी भएको हो ।
५. जनमतको असन्तुष्टि
डा सीके राउत नेतृत्वको जनमत पार्टीले सचिवालय बैठक बोलाएको छ। मधेसमा सरकारको नेतृत्वकर्ता दल जनमतलाई नै बाइपास गरेर बजेट ल्याउने काम भएको भन्दै आक्रोशित उक्त पार्टीले आइतबार दिउँसो १ बजेका लागि सचिवालय बैठक बोलाएको हो ।
६. अदालत
गैरआवासीय नेपाली संघ (एनआरएनए) को विवादसम्बन्धी थप दुई मुद्दा पूर्ण इजलासमा पेस गर्न आदेश भएको छ । बिहीबार सर्वोच्च अदालतका न्यायाधीशत्रय तिलप्रसाद श्रेष्ठ, अब्दुल अजीज मुसलमान र बालकृष्ण ढकालको इजलासले अभियन्ता आरके शर्माले दायर गरेको दुई मुद्दा पूर्ण इजलासमा पेस गर्न आदेश दिएको हो ।
७. नेकपा र माओवादी केन्द्रबिच एकताको च्याप्टर क्लोज ?
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नेकपा माओवादी केन्द्रसँग तत्काल पार्टी एकता सम्भव नभएको निष्कर्ष निकालेको छ ।
८. विद्या भण्डारीको चर्चा
नेकपा एमालेको ५३ औँ केन्द्रीय सचिवालय बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्कने वा नफर्कने भन्नेबारे चर्चा भएको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकमा सदस्यहरूले पछिल्ला दिनमा पूर्वराष्ट्रपति भण्डारीले गरेका विभिन्न जिल्ला भ्रमण, भेटघाट, संवाद र अभिव्यक्ति एमालेको आन्तरिक राजनीतिमा जोडिएको भन्दै अध्यक्ष केपी शर्मा ओलीको मुड बुझ्ने प्रयास गरेका थिए ।
९. उपचारमा लापरबाही प्रकरण
उपचारमा लापरबाहीका कारण बिरामीको मृत्यु भएको घटनामा उपभोक्ता अदालतले हालसम्मकै ठुलो क्षतिपूर्ति तिराउने फैसला गरेको छ ।
बिहीबार न्यायाधीशत्रय रामप्रसाद शर्मा, गेहेन्द्रराज रेग्मी र आनन्दराज पोखरेलको संयुक्त इजलासले हिमाल हस्पिटल प्रालि र उपचारमा संलग्न डाक्टरलाई १ करोड ४५ लाख रुपैयाँ क्षतिपूर्ति तिराउने फैसला गरेको हो ।
१०. खेलकुद
नेपाली महिला राष्ट्रिय टोली एएफसी एसियन कप छनोट २०२६ खेल्न बुधबार उज्बेकिस्तान पुगेको छ । उक्त टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले भव्य बिदाइ गरेको थियो ।
तर, नेपाली प्रतियोगिता खेल्नका लागि कप्तान नै नतोकेको पाइएको छ । फुटबलको इतिहासमा पहिलो पटक कुनै राष्ट्रिय टोली अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न जाँदा कप्तान विनै नेपाली टोली पुगेको हो ।
११. समिति बैठक
यो वर्षको मनसुनमा मात्रै करिब २० लाख मानिस प्रभावित हुने देखिएको छ । राष्ट्रिय जोखिम तथा विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यो वर्षामा मात्रै ४ लाख ४७ हजार घरधुरीका १९ लाख ९७ हजार मानिसहरू कुनै न कुनै रूपले प्रभावित हुने अनुमान गरेको हो ।
१२. जिम्मेवारी हेरफेर
भुवन अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुखको जिम्मेवारी हेरफेर भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको बुधबार बसेको बैठकले यस्तो हेरफेर गरेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण