कोशी सरकारले ल्याएको बजेटमा चरम दोहन र लुटपाट भयो: नेता आङ्बो
सारांश
- माओवादी नेता इन्द्रबहादुर आङ्बोले प्रदेश सरकारको बजेट असन्तुलित र मनोमानीपूर्ण भएको आरोप लगाए।
- उनले बजेट निर्माण प्रक्रिया र मन्त्रीहरूको जवाफदेहीतामाथि प्रश्न उठाउँदै संसदीय मर्यादा मिचिएको बताए।
- आङ्बोले बजेट विनियोजनमा चरम असन्तुलन भएको र स्रोतको लुटपाट भएको दाबी गर्दै सडक र सदनबाट आवाज उठाउने चेतावनी दिए।
विराटनगर । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले प्रदेश सरकारले ल्याएको बजेट असन्तुलित र मनोमानीपूर्ण भएको भन्दै त्यसले स्रोतको लुटपाटलाई प्रश्रय दिएको आरोप लगाएका छन्।
शुक्रबार प्रदेश सभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले सरकारको बजेट निर्माण प्रक्रिया र मन्त्रीहरूको जवाफप्रति कडा आपत्ति जनाएका हुन्।
पूर्वआर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका आङ्बोले सरकारले संसदीय प्रक्रिया र मर्यादालाई मिचेर अघि बढेको बताए। 'संसद विपक्षीको आवाज मुखरित गर्ने ठाउँ हो, तर यहाँ प्रतिपक्षीको आवाज दबाउन खोजियो र मन्त्रीहरूले जवाफ दिनुको साटो सदनलाई हप्काउने काम गर्नुभयो,' उनले भने।
नेता आङ्बोले बजेट विनियोजनमा चरम असन्तुलन देखिएको दाबी गरे। उनले तथ्याङ्क प्रस्तुत गर्दै भने, 'यो चोटि स्रोतमा चरम दोहन र लुटपाट भएको छ। केही सीमित जिल्लामा अर्बौंको बजेट थुपारिएको छ भने चारजना सांसद भएको पाँचथर जस्तो जिल्लामा जम्मा ३६ करोड मात्रै छुट्याइएको छ। यो न्यायोचित वितरण होइन।'
आफ्नो कार्यकालमा प्रदेशका ५६ वटै निर्वाचन क्षेत्रमा बहुवर्षे आयोजनाहरू पुर्याउने गरी सन्तुलित बजेट ल्याएको स्मरण गराउँदै उनले वर्तमान सरकार आफ्ना कमजोरी लुकाउन विगतलाई दोष दिएर उम्किन खोजेको आरोप लगाए।
उनले सरकारलाई जिम्मेवार र जबाफदेही बन्न आग्रह गर्दै यस्तो असन्तुलित बजेट नसच्चिएसम्म सदन र सडकबाट निरन्तर आवाज उठाइरहने चेतावनी दिए। 'सरकारले राम्रो काम गरोस्, हामी स्वागत गर्छौँ। तर मनपरी गरेर कोको पारेर बजेट एकैठाउँमा लैजाने प्रवृत्ति हामीलाई स्वीकार्य छैन,' उनले भने।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण