शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पावर प्लेको नियम परिवर्तन गर्दै आईसीसी

शुक्रबार, १३ असार २०८२, १५ : ०६
शुक्रबार, १३ असार २०८२

सारांश

  • आईसीसीले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटको पावर प्ले नियममा परिवर्तन गरेको छ।
  • नयाँ नियम अनुसार, खेलको ओभर घटाइएमा पावर प्लेको ओभर पनि घटाइनेछ र केही बल पनि गणना गरिनेछ।
  • यो नियमले वर्षा प्रभावित खेलहरूमा समानता ल्याउने अपेक्षा गरिएको छ र जुलाई २ देखि लागु हुनेछ।

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले पछिल्लो समय खेलको नियमहरूमा धेरै परिवर्तन गर्दै आइरहेको छ । 

जस अनुसार आईसीसीले पुरुष टी–ट्वान्टी अन्तर्राष्ट्रियको पावर प्लेको नियममा महत्त्वपूर्ण परिवर्तन गरेको हो । 

आईसीसीले अब खेलको ओभर घटाइएको अवस्थामा पावर प्लेको कम ओभरमा मात्र नभई ओभरको केही बल पनि गणना गर्ने नियम ल्याएको छ । 

हालको नियम अनुसार, २० ओभरको इनिङ्समा पहिलो ६ ओभर पावर प्ले हुन्छ । यदि इनिङ्सको ओभर घटाइयो भने, केही अवस्थाहरूमा कमको ओभरमा गणना गर्दा ठुलो पर्ने गरेको पाइएको थियो । 

  • नयाँ नियम के हो?

जुलाईदेखि लागू हुने नयाँ नियम अनुसार, पावर प्लेको अवधि कुल इनिङ्सको लगभग ३०% कायम राख्न खोजिएको छ । यदि २० ओभरको खेल घटाएर ५ ओभरमा खेलाईयो भने १ ओभर ३ बलसम्म पावर प्ले हुनेछ । त्यस्तै ८ ओभरको बनाइयो भने, अब पावर प्ले २ ओभर २ बलमा पावर प्ले हुनेछ । 

त्यस्तै ९ ओभरमा घटाइएको खेलमा पावर प्ले २.४ ओभर (अर्थात् २ ओभर र ४ बल) को हुनेछ । त्यस्तै १० ओभर खेल्दा ३ ओभर पावर प्ले हुनेछ । 

यो अवधिभर ३० याडको घेरा बाहिर केवल दुई जना फिल्डर मात्र रहन पाउनेछन् । यो नयाँ नियमले वर्षाले प्रभावित हुने कम ओभरका खेलहरूमा समानता ल्याउने आईसीसीले अपेक्षा गरेको छ । 

आइसीसीले ल्याएको यो नियम जुलाई २ देखि लागू हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप