डल्लुमा जुवा खेलिरहेको अवस्थामा ५ जना पक्राउ
शनिबार, १४ असार २०८२, ०९ : ०४
सारांश
- काठमाडौँको डल्लुस्थित खाजा घरमा जुवा खेलिरहेको अवस्थामा ५ जना पक्राउ परेका छन्।
- प्रहरीले उनीहरूबाट ४४ हजार ८५ रुपैयाँ नगद र ३ बुक तास बरामद गरेको छ।
- पक्राउ पर्नेमा सुनिल कुमार, जीवन मगर, सुमन मजकोटी, सुशील घर्ती मगर र मनोज बोहोरा रहेका छन्।
काठमाडौँ । काठमाडौँ महानगरपालिका–१५ डल्लुस्थित सामुदायिक अस्पताल पछाडिको एक खाजा घरमा जुवा खेलिरहेको अवस्थामा ५ जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँअन्तर्गत प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले असार १२ गते साँझ ५ बजे उक्त ठाउँमा छापा मार्दै उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूबाट ४४ हजार ८५ रुपैयाँ नगद र ३ बुक तास बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरी उपरीक्षक अपिल राज बोहराका अनुसार पक्राउ पर्नेमा काभ्रेपलान्चोक घर भएका सुनिल कुमार, धनुषा घर भएका जीवन मगर, धादिङ घर भएका सुमन मजकोटी, रुपन्देही घर भएका सुशील घर्ती मगर र कञ्चनपुर घर भएका मनोज बोहोरा छन् ।
उनीहरूलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट ४ दिनको म्याद थप अनुमति लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण