नर्वेकी राजकुमारीको छोरामाथि बलात्कारको आरोपमा अनुसन्धान
सारांश
- नर्वेकी राजकुमारी मेटे-मरिटका छोरा मारियस बर्ग होइबीमाथि बलात्कार र अन्य आपराधिक आरोपमा अनुसन्धान सकिएको छ।
- होइबीलाई गत वर्ष तीन पटक पक्राउ गरिएको थियो र उनीमाथि यौन दुर्व्यवहार र हिंसाका आरोप छन्।
- प्रहरीले मुद्दा चलाउने वा नचलाउने निर्णय गर्न कागजात बुझाएको छ, जसमा पीडितको संख्या दुई अङ्कमा रहेको छ।
ओस्लो । नर्वेकी राजकुमारी मेटे-मरिटका छोरा मरियस बर्ग होइबीमाथि बलात्कारका तीन वटा र अन्य २३ आपराधिक आरोपहरूमा अनुसन्धान सम्पन्न भएको छ । नर्वेली प्रहरीले अभियोजन पक्षलाई मुद्दा चलाउने वा नचलाउने निर्णय गर्न कागजात बुझाइएको शुक्रबार जानकारी दिएको हो।
२८ वर्षीय होइबीलाई गत वर्ष अगस्त, सेप्टेम्बर र नोभेम्बरमा तीन पटक पक्राउ गरिएको थियो। उनी नर्वेका हुनेवाला राजाका सौतेलो छोरा हुन् । उनले कुनै शाही उपाधि वा औपचारिक राजकीय भूमिका भने वहन गर्दैनन्।
ओस्लो प्रहरीका अनुसार उनीमाथि सन् २०२४ अगस्ट ४ मा पहिलो पटक कुटपिटको आशङ्कामा पक्राउ परेपछि १० महिनासम्म व्यापक अनुसन्धान गरिएको थियो। सो क्रममा धेरै प्रत्यक्षदर्शीहरूका बयान लिइएको, घर तथा अन्य स्थानमा खोजतलास गरिएको र डिजिटल सामग्रीहरूको विस्तृत अध्ययन गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले उनीमाथि अनुसन्धान गरेको आरोपहरूमध्ये चारवटा यौन दुर्व्यवहार, नजिकको सम्बन्धमा भएको दुर्व्यवहार, दुईवटा शारीरिक हानीको मुद्दा रहेको पुष्टि गरेको छ। यौनजन्य केही मुद्दा प्रमाणको अभाव र समयसीमाका कारण खारेज गरिएको पनि जानकारी दिइएको छ।
प्रहरी अधिवक्ता आन्द्रेयस क्रुशेभ्स्कीले भने, ‘यो मुद्दामा पीडितहरूको सङ्ख्या दुई अङ्कमा छ भन्ने पुष्टि गर्न सक्छौँ, तर विस्तृत विवरण दिन सक्दैनौँ।’
होइबीका कानुनी प्रतिनिधि पेतार सेकुलिचले भने, ‘मरियसले यी सबै आरोपलाई गम्भीरतापूर्वक लिएका छन्, तर यौन दुर्व्यवहार र हिंसाका आरोपहरूमा उनले कुनै गल्ती स्वीकार गरेका छैनन्।’
ओस्लो प्रहरीका अनुसार होइबीले २०२४ र २०२५ को बिचमा पटक–पटक बयान दिएका थिए र अनुसन्धानमा पूर्ण सहयोग गरेका थिए।
नर्वेको शाही परिवारले एक वक्तव्य जारी गर्दै घटनाको कानुनी प्रक्रिया अगाडि बढिरहेको बताएको छ र थप कुनै टिप्पणी नगर्ने जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण