शान्ति नमुना माविको अर्को रेकर्ड, १८ विद्यार्थी ४ जीपीए ल्याउन सफल
सारांश
- रुपन्देहीको तिलोत्तमामा रहेको शान्ति नमुना माध्यमिक विद्यालयका १८ विद्यार्थीले एसईईमा ४ जीपीए ल्याए।
- विद्यालयका व्यवस्थापन समिति अध्यक्षका अनुसार यो नतिजा सामुदायिक विद्यालयतर्फ नेपालकै उत्कृष्ट हो।
- प्रधानाध्यापकका अनुसार पाठ्यक्रम केन्द्रित अध्यापन र आन्तरिक परीक्षाहरूले सफलता दिलायो।
बुटवल । रुपन्देहीको तिलोत्तमामा रहेको सामुदायिक स्कुल शान्ति नमुना माध्यमिक विद्यालयका १८ जना विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसईई)मा ४ जीपीए प्राप्त गरेका छन् । विद्यालयबाट ६०९ जना विद्यार्थी परीक्षामा सहभागी थिए ।
सामुदायिक विद्यालयमा नमुना विद्यालयको रूपमा परिचित शान्ति माविका सर्वदा विश्वकर्मा, मोहम्मद रेहान खान, सरिता यादव, सेवा रेग्मी, स्वप्निल गैह्रे, सेलिना लामा, सौगात पाण्डे, सुसन पङ्गेनी, अनिल ज्ञवाली, अप्सन पौडेल, सृजन घिमिरे, शिशिर सुसाल, शिवानी डुम्रे, सुशान्त अर्याल, आशिष पाण्डे, अनिश भुसाल, सन्देश न्यौपाने र किस्मत थापाले ४ जीपीए ल्याएको विद्यालयले जनाएको छ ।
त्यस्तै, २२ जनाले ३.९६ देखि ३.९९ जीपीए ल्याएका छन् । ३.९ देखि ३.९५ ल्याउने १४, ३.६ देखि ३.८९ सम्म ल्याउने १७१, ३.२ देखि ३.५९ सम्म ल्याउने २०९, २.८० देखि ३.१९ ल्याउने ११२ र २.४० देखि २.७९ जीपीए ल्याउने १४ जना विद्यार्थी रहेका छन् ।
शान्ति नमुना माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष शरद भट्टराईले सामुदायिक विद्यालय तर्फ शान्ति नमुनाको यो नतिजा सम्भवतः नेपालकै सर्वोत्कृष्ट रहेको बताए । उनले विद्यालयले साधन स्रोत र अभिभावकको पनि साथ कारणले आज राम्रो नजिता ल्याउन सफल भएको बताए ।
विद्यालयका प्रधानाध्यापक कुलप्रसाद लामिछानेले विद्यार्थीहरूलाई पाठ्यक्रम केन्द्रित अध्यापन, पटक–पटक विद्यालयमा आन्तरिक परीक्षा र कमजोर भएकालाई माथि ल्याउनको समस्या परिचाहन गरी समाधानको प्रयास गरेकोले यो सफलता मिलेको रातोपाटीलाई बताए । उनले यसमा विद्यार्थी, शिक्षक र अभिभावक सबै सहयोग रहेको बताए ।
शान्ति नमुनामा ५ हजार विद्यार्थी अध्ययनरत छन् । रुपन्देही रहेको न्यु होराइजन स्कुल, बुटवलबाट ११ जना, अक्सफोर्ड मावि बुटवलबाट १० जना, कालिका मानव ज्ञान माविबाट ७ जना विद्यार्थीले ४ जीपीए ल्याएका छन्।
नवीन औद्योगिक मावि बुटवलबाट १ जना, कान्ती माविबाट १, नयाँ गाउँ मावि बुटवलबाट ३ जना, न्यु लुम्बिनी स्कुल देव दहबाट ४ जना, सैनामैना नमुना माविबाट ४ जना, दीप बोर्डिङ स्कुल बुटवल, तिनाउ इङलिश बोर्डिङ स्कुल बुटवल, गार्गी एकेडेमी बुटवल, प्रभात इङ्ग्लिस बोर्डिङ स्कुल सैन मैनाबाट २/२ जना विद्यार्थीले ४ जीपीए प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाका जेजे स्मिथ चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण