अध्यक्ष पदको जिम्मेवारीबाट नहट्न माधवलाई नेताहरूको सुझाव
शनिबार, १४ असार २०८२, १५ : ०५
सारांश
- नेकपा (एकीकृत समाजवादी)का सचिवालय सदस्यहरूले पतञ्जलि जग्गा प्रकरणमा अध्यक्षमाथि प्रतिशोधको मुद्दा चलाएको आरोप लगाए।
- शनिबार बसेको सचिवालय बैठकमा सदस्यहरूले अध्यक्ष माधव नेपाललाई पदबाट हटाउन नहुने सुझाव दिए।
- बैठकमा अध्यक्षको मुद्दा, सांगठानिक कार्य लगायतका एजेन्डामाथि छलफल भएको थियो र भोलि पुनः बैठक बस्नेछ।
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सचिवालय सदस्यहरूले पतञ्जलि जग्गा प्रकरणमा आफ्ना अध्यक्षमाथि प्रतिशोधका आधारमा मुद्दा चलाएको धारणा राखेका छन् ।
शनिबार काठमाडौँमा बसेको नेकपा (एकीकृत समाजवादी) सचिवालय बैठकको दोस्रो दिन धारणा राख्ने सदस्यहरूले प्रतिशोधका आधारमा अध्यक्ष माधव नेपालमाथि मुद्दा चलाएको धारणा राखेका हुन् ।
उनीहरूले सोही मुद्दाका आधारमा अध्यक्ष पदको जिम्मेवारीबाट हट्न नहुने सुझाव दिएको नेता सोमप्रसाद पाण्डेले जानकारी दिए । बैठकमा अध्यक्ष माधव नेपालको मुद्दाको विषय, सांगठानिक कार्य लगायत सातवटा एजेन्डामाथि छलफल भइरहेको उनको भनाई छ।
सचिवालय बैठक आइतबार पुनः बस्ने र आवश्यक निर्णय गरेर सम्पन्न हुने पाण्डेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानुन कार्यान्वयनमा चुनौती : महान्यायाधिवक्ता कँडेल
-
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
-
सुन र चाँदीको मूल्य सामान्य घट्यो
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण