डडेल्धुरामा ६० प्रतिशत रोपाइँ सम्पन्न
सारांश
- डडेल्धुरामा असार दोस्रो सातासम्ममा ६० प्रतिशत रोपाइँ सम्पन्न भएको छ।
- मनसुनी वर्षाका कारण किसानलाई रोपाइँ गर्न सहज भएको छ।
- जिल्लाको भित्री मधेस क्षेत्रमा मुख्य रूपमा धान रोपाइँ गरिन्छ।
डडेल्धुरा । डडेल्धुरामा ६० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । ६ हजार १ सय २० हेक्टर क्षेत्रफलमा धान खेती हुने यहाँ असार दोस्रो सातासम्ममा करिब ६० प्रतिशत रोपाइँ सम्पन्न भएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ ।
समयमा मनसुनी वर्षा भएकाले यो वर्ष असार दोस्रो सातासम्ममा ६० प्रतिशत रोपाइँ सम्पन्न भएको केन्द्रका प्रमुख नरेन्द्र पनेरुले जानकारी दिए । नियमित रूपमा वर्षा भएकाले सिँचाइ हुने जमिनका साथै नहुने क्षेत्रमा पनि रोपाइँ गर्न किसानलाई सहज भएको छ । निरन्तरको वर्षा र समयमै धानको बेर्ना राख्न पाएपछि प्रायजसो ठाउँमा रोपाइँ सम्पन्न गरिएको उनको भनाइ छ ।
जिल्लाको भित्री मधेस क्षेत्र जोगबुडा, परशुराम आलितालमा मुख्य रूपमा धान रोपाइँ गरिन्छ । त्यसैगरी भागेश्वर, नवदुर्गा, अजयमेरु, गन्यापधुराको सकायल, कोराल, असिग्राम क्षेत्र, अमरगढीको केही स्थानमा वर्षे बालीका रूपमा धान रोप्ने हुने केन्द्रले जनाएको छ ।
समयमा रोपाइँ भएकाले धान उत्पादन पनि वृद्धि हुने विश्वास लिइएको प्रमुख पनेरुले बताउनुभयो । उनका अनुसार डडेल्धुरामा छ हजार हेक्टर बढी क्षेत्रफलमा वर्षे धान रोपाइँ हुने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण