म्याग्दी खोलामा जलसतह सतर्कता तहमा, सतर्क रहन विभागको आग्रह
शनिबार, १४ असार २०८२, २३ : १८
सारांश
- बाग्लुङको म्याग्दी खोलामा पानीको सतह सतर्कता तहमा पुगेको छ।
- जल तथा मौसम विज्ञान विभागले स्थानीयलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
- नदी आसपासका तटीय बस्ती र डुबान क्षेत्रमा सावधानी अपनाउन भनिएको छ।
बाग्लुङ। बाग्लुङ जिल्लाको म्याग्दी खोलामा पानीको सतह सतर्कता तहमा पुगेको भन्दै जल तथा मौसम विज्ञान विभागले स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। विभागले दिएको जानकारी अनुसार मंगलाघाट जलमापन केन्द्रमा शनिबार राति १०ः५५ बजे खोलाको सतह सतर्कता तहको आसपासमा पुगेको र निरन्तर बढ्दो क्रममा रहेको छ।
खोलाको जलसतह वृद्धि भइरहेकाले नदी आसपासका तटीय बस्ती तथा डुबानमा पर्ने होचा भू(भागमा विशेष सावधानी अपनाउन भनिएको छ। जल तथा मौसम विज्ञान विभागले संभावित जोखिमलाई मध्यनजर गर्दै नदी किनारका बासिन्दालाई सुरक्षित स्थानमा सर्ने र जोखिमपूर्ण क्षेत्रमा नजान अनुरोध गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण