बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

इंग्ल्याण्डलाई लगातार दोस्रो यू–२१ युरोपियन च्याम्पियनसिपको उपाधि

आइतबार, १५ असार २०८२, ०७ : २७
आइतबार, १५ असार २०८२

सारांश

  • इंग्ल्याण्ड यू–२१ ले यूईएफए युरोपियन च्याम्पियनसिप २०२५ को फाइनलमा जर्मनीलाई ३–२ ले पराजित गर्दै उपाधि जित्यो।
  • जोनाथन रोउले अतिरिक्त समयमा निर्णायक गोल गरे, जसले इंग्ल्याण्डलाई उपाधि दिलायो।
  • इंग्ल्याण्डले खेलमा सुरुवाती अग्रता लिएको थियो, तर जर्मनीले खेललाई बराबरीमा ल्यायो।

ब्राटिस्लाभा । इंग्ल्याण्डको यू–२१ टोलीले यूईएफए युरोपियन च्याम्पियनसिप २०२५ को फाइनल नाटकीय शैलीमा जित्दै आफ्नो उपाधि रक्षा गरेको छ। ब्राटिस्लाभामा भएको रोमाञ्चक फाइनलमा जर्मनीमाथि अतिरिक्त समयमा ३–२ को जित निकाल्दै टोलीले दुई वर्षअघि जितेको उपाधि पुनः आफ्नो पोल्टोमा पारेको हो।

खेलको नायक बनेका थिए, जोनाथन रोउ । उनले मैदानमा प्रवेश गरेको दुई मिनेटमै हेडमार्फत निर्णायक गोल गर्दै इंग्ल्याण्डलाई उपाधि जिताए। 

इंग्ल्याण्डले खेलमा उत्कृष्ट सुरुवात गरेको थियो । हार्भी एलियटले खेलको पाँचौँ मिनेटमै प्रतियोगितामा व्यक्तिगत पाँचौँ गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसपछि ओमारी हचिन्सनले शानदार प्रहारमार्फत अग्रता दोब्बर बनाए।

इंग्ल्याण्डले पहिलो हाफमै खेलमा पूर्ण नियन्त्रण लिएको देखिएको थियो । तर नेल्सन वाइपरले पहिलो हाफको इन्जुरी समयमा हेडमार्फत गोल गर्दै जर्मनीलाई खेलमा फर्काए। त्यसपछि दोस्रो हाफको ६०औँ मिनेटमा पल नेबेलले उत्कृष्ट प्रहारमार्फत बराबरी गोल गरे।

खेलको अन्त्यतिर नेबेलले अर्को प्रहार बारमा लागेको थियो। इंग्ल्याण्डले फेरि लय समात्दै ९२औँ मिनेटमा टायलर मोर्टनको क्रसमा जोनाथन रोउले हेडमार्फत निर्णायक गोल गरे।
अन्तिम सेकेन्डमा जर्मनीका मरिलिन रोह्लले खेललाई टाइब्रेकर तर्फ लैजाने प्रयास गरे पनि गोल हुन सकेन। उनको प्रहार बारमा लाग्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप