शक्ति पृथकीकरणको सिद्धान्त उल्लङ्घन हुन थाल्यो : प्रमुख सचेतक घिमिरे
आइतबार, १५ असार २०८२, १० : ४४
सारांश
- कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले शक्ति पृथकीकरणको सिद्धान्त उल्लङ्घन भएकोमा आपत्ति जनाए।
- घिमिरेले एकले अर्काको अधिकार क्षेत्रभित्र प्रवेश गर्न थालेको बताए, जसमा न्यायालयको भूमिका पनि थियो।
- उनले न्याय प्रणाली ढिलो भएको र मुद्दा फैसला हुन २० वर्षसम्म लाग्ने अवस्था रहेको कुरा उठाए।
काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले शक्ति पृथकीकरणको सिद्धान्त उल्लङ्घन हुन थालेको भन्दै आपत्ति जनाएका छन् ।
संसदीय सुनुवाइ समितिको आजको बैठकमा बोल्दै उनले एकले अर्काको अधिकार क्षेत्रभित्र प्रवेश गर्न थालेको बताए । संसदीय अधिकार क्षेत्रभित्र न्यायालय प्रवेश गर्ने र कार्यपालिकाको अधिकार क्षेत्रभित्र पनि न्यायालय प्रवेश गरेको उनले बताए ।
न्यायालयको न्यायप्रणाली असाध्यै ढिलो भएको भन्दै उनले एउटा फैसला गर्न २० वर्षसम्म लाग्ने स्थितिले न्याय नपाइने जिकिर गरे ।
प्रमुख सचेतक घिमिरेले संसदमा बोलेका कुराहरूको बारेमा कतै मुद्दा गर्न पनि नपाइने र कारबाही पनि नहुने स्थिति रहेको स्मरण गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण