नेतन्याहूले अब राजनीतिक नेतृत्वबाट बिदा लिनुपर्छ : पूर्वप्रधानमन्त्री बेनेट
सारांश
- पूर्व प्रधानमन्त्री नफ्ताली बेनेटले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पद छोड्नुपर्ने बताएका छन्।
- बेनेटले नेतान्याहु २० वर्षदेखि सत्तामा रहेको र उनको बसाई स्वच्छ नभएको आरोप लगाए।
- सन् २०२१ मा नेतान्याहुलाई हटाएर बेनेटले गठबन्धन बनाएका थिए, तर उनको सरकार एक वर्षमै ढलेको थियो।
जेरुसेलम । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पद छोड्नैपर्ने उनका पूर्ववर्ती नफ्ताली बेनेटले एक टेलिभिजन अन्तर्वार्तामा बताएका छन् । इजरायलको च्यानल १२ लाई दिएको अन्तर्वार्तामा पूर्वप्रधानमन्त्री बेनेटले भने, ‘नेतन्याहू २० वर्षदेखि सत्तामा रहनुभएको छ यो निकै धेरै समय हो र उहाँको बसाई स्वच्छ छैन।’
उनले भने, ‘नेतन्याहूको नेतृत्व इजरायलका लागि अब अन्त्य हुनैपर्छ ।’ सन् २०२१ मा नेतन्याहूका आलोचकहरुसँग मिलेर गठबन्धन बनाएर लगातार १२ वर्ष प्रधानमन्त्री बनेका बेनेटलाई उनले पदबाट हटाएका थिए ।
बेनेटले वर्तमान विपक्षी प्रमुख याइर लापिडसँग मिलेर नेतृत्व गरेको कमजोर गठबन्धन सरकार करिब एक वर्षपछि ढलेको थियो । त्यसपछि भएको मध्यावधि चुनावपछि नेतन्याहूले अति दक्षिणपन्थी र परम्परावादी यहूदी दलहरूको समर्थनमा फेरि प्रधानमन्त्री पद ग्रहण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण