धनगढीमा २४ घण्टामा २०२ मिलिमिटर वर्षा, व्यापक डुबान
सारांश
- धनगढी उपमहानगरपालिकाका विभिन्न वडाका टोलहरूमा भारी वर्षाका कारण डुबान भएको छ, जसले गर्दा स्थानीयहरू प्रभावित भएका छन्।
- वडा नम्बर ८ र १२ लगायतका क्षेत्रका घरहरूमा पानी पसेर लाखौंको क्षति भएको छ, जसमा फर्निचर र खाद्यान्न लगायतका सामग्रीहरूमा क्षति पुगेको छ।
- सुदूरपश्चिमका तराईका जिल्लाहरूमा डुबानको समस्या छ भने, सुरक्षाकर्मीहरूले उद्धार कार्य गरिरहेका छन् र प्रशासनले सावधानी अपनाउन आग्रह गरेको छ।
कैलाली । धनगढी उपमहानगरपालिकाका विभिन्न वडाका टोलहरू डुबानमा परेपछि स्थानीयहरू समस्यामा परेका छन्। जल तथा मौसम विज्ञान विभागको तथ्याङ्क अनुसार धनगढी विमानस्थलको स्टेसनमा पछिल्लो २४ घण्टामा २०२.२ मिलिमिटर वर्षा मापन भएको छ । विभागले खतराको सङ्केत नै जारी गरेको हो ।
उपमहानगरपालिकाको वडा नम्बर ८ र १२ लगायतका टोलका अधिकांश घरमा पानी पसेपछि स्थानीयहरूको सामानमा क्षति पुगेको छ। वडा नम्बर ८ को शिक्षानगर डुबानको चपेटामा छ। घरभित्र पानी पसेपछि दराज, फ्रिज, लाे बेड, अन्नपात लगायतमा ठुलो क्षति पुगेको छ।
स्थानीय दिनेश बोहराले घरमा सरसामान र अन्नपात क्षति पुगेको बताए। उनका अनुसार अहिलेसम्म लाखौँ क्षति भइसकेको जानकारी दिए । ‘घरभित्रका फ्रिज, दराज, लाे बेड, अन्नपात सबै सखाप भएको छ । स्कुटर र बाइक पनि पानीमा डुबेको छ । अहिले हामीहरु बच्नका लागि छिमेकीको घरमा छाैँ,’ उनले भने । उनका अनुसार टोलका अधिकांश छिमेकीकाे अवस्था यस्तै छ।
उता धनगढी-१२ पनि पुरै डुबानमा छ। बजारकाे मुख्य सडक पनि डुबानमा छ। सुरक्षाकर्मीले उद्धारकाे काम गरिरहेका छन्।
कञ्चनपुरकाे कृष्णपुर, बेलाैरीमा पनि डुबान छ। सुदूरपश्चिमका तराईका जिल्लामा डुबानमा परेका छन् । पहाडी जिल्लामा पनि वर्षा जारी छ।
सेती नदिमा पानीकाे वहाव बढेपछि बैतडीको सिगास -५ ढुङ्गाढका स्थानीय त्रसित छन्। खाेला तथा नदीहरुमा पानीकाे बहाव बढेपछि डुबान भएको छ। अहिलेसम्म ठुलाे क्षतिकाे घटना भने नआएको सुदूरपश्चिम प्रदेश प्रहरीले जनाएको छ। विपदकाे समयमा सावधानी र सुरक्षा अपनाउन प्रशासन सबैलाई आग्रह गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
-
युरोपलाई रूसी तेल र ग्यास जरूरी : क्रेमलिन
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण