उपभोक्ता अदालतको फैसलाविरुद्ध नेपाल चिकित्सक संघको विरोध
मंगलबारदेखि ७२ घण्टा कालो पट्टी अभियान सुरु
सारांश
- नेपाल चिकित्सक संघले उपभोक्ता अदालतको फैसलाप्रति विरोध जनाउँदै दबाबमूलक कार्यक्रम घोषणा गरेको छ।
- संघले १७ गतेदेखि ७२ घण्टासम्म देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कालो पट्टी बाँधेर सेवा दिन आह्वान गरेको छ।
- चिकित्सक संघले उपभोक्ता संरक्षण ऐन, २०७५ संशोधन गर्न र थप आन्दोलनको कार्यक्रम तय गर्ने जनाएको छ।
काठमाडौँ। नेपाल चिकित्सक संघले चिकित्सकीय लापरवाही सम्बन्धी उपभोक्ता अदालतको पछिल्ला फैसलाहरू नेपाल मेडिकल काउन्सिलको अधिकार क्षेत्रसँग बाझिएको भन्दै विरोध जनाउन दबाबमूलक कार्यक्रम घोषणा गरेको छ।
सोमबार संघका महासचिव डा. सञ्जिव तिवारीद्वारा जारी विज्ञप्तिअनुसार असार १७ गते (भोली) देखि ७२ घण्टासम्म देशभरका सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले हातमा कालो पट्टी बाँधी सेवा प्रदान गर्ने छन्।
संघले चिकित्सकबाट उपचारको क्रममा हुने सम्भावित त्रुटिबारे छानबिन गर्ने जिम्मा नेपाल मेडिकल काउन्सिलको रहेकोले यस्ता मुद्दा उपभोक्ता अदालतमा नलाने व्यवस्था मिलाउन उपभोक्ता संरक्षण ऐन, २०७५ मा संशोधन गर्न सरकारलाई आग्रह गरेको छ।
उक्त विषयमा समन्वय गर्न महासचिव डा. तिवारीको संयोजकत्वमा विभिन्न स्वास्थ्य संस्थाका प्रतिनिधिहरूको टास्क फोर्स समेत गठन गरिएको छ। साथै मिति २०८२ असार १९ गते सरोकारवालाहरूसँग पुनः छलफल गरी थप आन्दोलनको कार्यक्रम तय गरिने जनाइएको छ।
संघले सरकारले शीघ्र कदम नचाले कडा आन्दोलनमा जान बाध्य हुने चेतावनीसमेत दिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण