कोरियामा सीपयुक्त श्रमिक पठाउने कार्यविधि कार्यान्वयनमा नआउँदै २ पटक संशोधन
सारांश
- श्रम मन्त्रालयले दक्षिण कोरियामा सीपयुक्त श्रमिक पठाउने कार्यविधि दुई पटक संशोधन गरेको छ।
- पहिलो संशोधन २०८१ कात्तिकमा र दोस्रो संशोधन २०८२ असारमा गरिएको थियो, तर कार्यान्वयनमा आएको छैन।
- दोस्रो संशोधनले सीपयुक्त श्रमिक र रोजगारदाताको परिभाषा थपेको छ।
काठमाडौँ । दक्षिण कोरियामा सीपयुक्त श्रमिक (ई–७ भिसा) पठाउने सम्बन्धी कार्यविधि कार्यान्वयनमा नआउँदै २ पटक संशोधन भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘गणतन्त्र कोरियामा सीपयुक्त श्रमिक पठाउने सम्बन्धी कार्यविधि, २०८०’ कार्यान्वयनमा आउन नपाउँदै २ पटक संशोधन गरेको हो ।
श्रम मन्त्रालयले २०८० फागुन १७ गते कार्यविधि स्वीकृति गरेको थियो । त्यसपछि २०८१ कात्तिक ९ गते पहिलो संशोधन गरिएको थियो । तर, कार्यान्वयनमा नआउँदै २०८२ असार ९ गते दोस्रो पटक संशोधन गरिएको हो । ई–७ भिसा प्रणालीमार्फत व्यवसायी–व्यवसायी कामदार पठाउनेगरी मन्त्रालयले कार्यविधि ल्याएको थियो । तर, कार्यान्वयनमा जान नपाउँदै दोस्रो पटक संशोधन गरिएको हो ।
दोस्रो पटकको संशोधनमा सीपयुक्त श्रमिक भन्नाले रोजगारीको विभिन्न विधामा दक्ष र अर्धदक्ष सीप भएको नेपाली सम्झनुपर्ने भनी थप गरिएको छ ।
रोजगारदाता भन्नाले नेपाली श्रमिकलाई रोजगार प्रदान गर्ने गणतन्त्र कोरियास्थित रोजगारदाता कम्पनी वा व्यक्ति सम्झनुपर्ने भनी थप गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण