कुलिङ पिरियडबारे कांग्रेसले भन्योः विश्वासघात भयो, छानबिन होस्
सारांश
- नेपाली कांग्रेसले कुलिङ पिरियडमा विश्वासघात भएको भन्दै छानबिनको माग गरेको छ।
- पार्टी प्रवक्ता डा. प्रकाश शरण महतले पदको दुरुपयोग भएको र छानबिन हुनुपर्ने बताए।
- कांग्रेसले कुलिङ पिरियड हटाउने प्रस्तावको विरोध गर्दै सरकारलाई सच्याउन आग्रह गरेको छ।
काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसले कुलिङ पिरियडमा विश्वासघात भएको भन्दै छानबिन हुनुपर्ने बताएको छ ।
केन्द्रीय कार्य सम्पादन समितिको मंगलबारको बैठकका क्रममा पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टी का प्रवक्ता डा. प्रकाश शरण महतले कुलिङ पिरियडमा विश्वासघात भएको भन्दै छानबिन हुनुपर्ने बताएका हुन् ।
उनले कुलिङ पिरियड राख्नैपर्ने भन्ने आफूहरूको धारणा रहेको र त्यही हिसाबले सर्वसम्मतिबाट राखिएको बताए । पदको दुरुपयोग गरेर काम भएकाले छानबिन हुनुपर्ने बताए ।
उनले भने, ‘कुलिङ पिरियड राख्नुपर्छ नै भन्ने हाम्रो धारणा हो । त्यही हुनाले सर्वसम्मतिबाट कुलिङ पिरियड राखियो भनेर निर्णय गरियो भनियो । त्यही विश्वासमा सायद फुल हाउसमा माननीय सदस्य साथीहरूले दफावार पढ्नुभएन । विश्वासघात भयो । जसले त्यहाँ पदको दुरुपयोग गरेको छ, अवश्य पनि उनीहरूलाई छानबिनको दायरामा ल्याउनुपर्छ । तत्काल कुलिङ पिरियड हटाएर प्रस्तावित भएको छ, सरकारले सच्याएर संशोधन गर्नुपर्छ । दोषीलाई छानबिन गरी कारबाही गर्नुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण