फिफा क्लब विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा, को–को भिड्दै ?
बुधबार, १८ असार २०८२, ०९ : २७
सारांश
- बोरुसिया डर्टमण्डले मोन्टेरेलाई २-१ गोलले हराएर फिफा क्लब विश्वकपको क्वाटरफाइनलमा स्थान पक्का गर्यो।
- डर्टमण्डका लागि गुइरासीले दुई गोल गरे, भने मोन्टेरेका लागि बर्टेरामेले एक गोल फर्काए।
- क्वाटरफाइनलमा डर्टमण्डले रियल मड्रिडको सामना गर्नेछ, र खेल अमेरिकाका विभिन्न शहरहरूमा हुनेछ।
एटलान्टा । जर्मन क्लब बोरुसिसा डर्टमण्डले मेक्सिन क्लब मोन्टेरेलाई हराउँदै फिफा क्लब विश्वकपको क्वार्टरफाइनलमा स्थान पक्का गर्ने अन्तिम टोली बनेको छ ।
स्थानीय समयअनुसार मंगलबार भएको खेलमा डर्टमण्ड २–१ गोलले विजयी बन्यो । योसँगै प्रतियोगिताको क्वार्टरफाइनलको समीकरण पूरा भएको छ ।
खेलको १४ औँ मिनेटमा सर्होउ गुइरासीले गोल गर्दै जर्मन क्लबलाई अग्रता दिलाएका थिए । २४ औँ मिनेटमा उनले टोलीको अग्रता दोब्बर बनाए । दोस्रो हाफमा जर्मन बर्टेरामेले मोन्टेरेका लागि एक गोल फर्काए पनि त्यसपछि कुनै गोल हुन सकेन ।
अब डर्टमण्डले क्वार्टरफाइनलमा स्पेनिस महारथी टोली रियल मड्रिडको सामना गर्नेछ । रियलले यसअघि इटालियन क्लब युभेन्टसलाई हराउँदै अन्तिम ८ मा प्रवेश गरेको थियो ।
यस्तो छ क्वार्टरफाइनलको समीकरण
- फ्लुमिनेसेविरुद्ध अल हिलाल (ओर्लान्डो)
- पाल्मेइरासविरुद्ध चेल्सी (फिलाडेल्फिया)
- पेरिस सेन्ट जर्मेनविरुद्ध बायर्न म्युनिख (एटलान्टा)
- रियल मड्रिडविरुद्ध बोरुसिया डर्टमण्ड (न्युयोर्क)
यी सबै खेल ४ र ५ जुलाईमा अमेरिका विभिन्न सहरहरूमा खेलिनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण