बजेटमा राष्ट्रिय गौरवका आयोजना र रणनीतिक सडकहरूलाई प्राथमिकता : मन्त्री दाहाल
सारांश
- भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले आगामी आर्थिक वर्षको बजेटबारे जानकारी दिए।
- फास्ट ट्र्याक निर्माणका लागि २४ अर्ब ४९ करोड ४७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।
- मन्त्री दाहालले बजेट विनियोजनमा राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिइएको बताए।
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले अगामी आर्थिक वर्षको बजेटमा राष्ट्रिय गौरवका आयोजना र रणनीतिक सडकहरूलाई प्राथमिकता दिइएको बताएका छन् । बुधवार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री दाहालले द्रुतमार्ग (फास्ट ट्र्याक)निर्माण सम्पन्न गर्न २४ अर्ब ४९ करोड ४७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको बताएका हुन् ।
उनले भने, ‘हाम्रो बजेटको विनियोजन राष्ट्रिय राजमार्गहरू , राष्ट्रिय गौरवका आयोजनाहरू , राष्ट्रिय महत्वका आयोजनाहरू, रणनीतिक महत्वका आयोजनाहरू र अहिले निर्वाचन रणनीतिक सडकहरूलाई पनि प्राथमिकताका साथ समानुपातिक ढङ्गले सबै निर्वाचन क्षेत्रमा विनियोजन गरेको हुँदा यसलाई पनि राखेको छु । हामीले फास्ट ट्र्याकमा २४ अर्ब ४९ करोड ४७ लाख रकम विनियोजन गरिएको छ । बजेट अर्थ मन्त्रालयमार्फत विनियोजन भएको भए पनि सिलिङ चाहिँ हाम्रो मन्त्रालयमार्फत हुन्छ । यो वर्ष फास्ट ट्र्याकमा गत वर्षभन्दा २ अर्ब बढी बजेट विनियोजन गरिएको छ । गत वर्षको अविरल वर्षापछि आएको बाढी पहिरोको कारण ठुलो क्षति भयो । त्यसले पूर्वाधारहरूमा समेत क्षति पुर्याएको हुँदा १९ अर्ब स्रोत सहमति दिएको थियो ।’
बजेट विनियोजनको परम्परागत शैलीमा परिवर्तन गर्न नसकिएकोमा आफूलाई दुःख लागेको समेत मन्त्री दाहालको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण