नयाँ गन्तव्य खोजेर हिँड्ने पर्यटकहरू बढे : दीपकराज जोशी
सारांश
- नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दीपकराज जोशीले नयाँ गन्तव्य खोज्ने पर्यटक बढेको बताए।
- जोशीका अनुसार, सोलो ट्राभल डेस्टिनेसन पनि बढिरहेकोले बोर्डले सोही अनुसार काम गरिरहेको छ।
- बोर्डले हिमाल र धार्मिक क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्ने योजना बनाइरहेको छ।
काठमाडौँ । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नयाँ गन्तव्य खोजेर हिँड्ने पर्यटकहरू बढ्दै गएको बताएका छन् । बुधवार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै जोशीले अहिले नयाँ डेस्टिनेसन खोजेर हिँड्ने टुरिजम धेरै बढिरहेकाले सरकारले पनि सोहीअनुसार योजना अघि बढाइरहेको उल्लेख गरेका हुन् ।
उनले सोलो ट्राभल डेस्टिनेसन पनि अत्यधिक बढिरहेकाले यो ट्रेनलाई समातेर बोर्डले आफ्ना कामहरू गरिरहेको उल्लेख गरे । उनले भने, ‘अहिले नयाँ डेस्टिनेसन खोजेर हिँड्ने टुरिजम एकदमै बढेको छ । सोलो ट्राभल डेस्टिनेसन बढेको छ । यस्तो खालको ट्रेन छ । त्यसलाई हामीले क्याच अप गर्नुपर्छ । टेक्नोलोजीको एडाप्ट बढाउनुपर्नेछ । केही होटलहरू आए पनि क्वालिटी बढाउनुपर्नेछ ।’
उनले हिमाल, धार्मिक क्षेत्रहरूमा पर्यटन प्रवर्द्धनमा जोड दिने गरी योजनाहरू अघि बढाइरहेको जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण