राज्य व्यवस्था तथा सुशासन समितिको सदस्य हो भन्न पनि लाज लाग्न थाल्यो: सांसद घिमिरे
बुधबार, १८ असार २०८२, १५ : ३१
सारांश
- एमाले सांसद वासुदेव घिमिरेले राज्य व्यवस्था समितिको सदस्य भन्न लाज लागेको बताए।
- घिमिरेले कुलिङ पिरियडको चलखेलका कारण सांसदहरूलाई नागरिकले गिज्याइरहेको बताए।
- उनले यो घटना सामान्य नभएको र सिंगो सदनको अवहेलना भएको जिकिर गरे।
काठमाडौँ । नेकपा एमाले सांसद वासुदेव घिमिरेले राज्य व्यवस्था तथा सुशासन समितिको सदस्य हो भन्न पनि लाज लागेको बताएका छन् । बुधवारको समितिको बैठकमा बोल्दै घिमिरेले कुलिङ पिरियडमा भएको चलखेलका कारण सांसदहरूलाई आम नागरिकले गिज्याइरहेको बताएका हुन् ।
उनले कुलिङ पिरियडमा दुई वर्ष हुनु हुँदैन भनेर भैलो खेल्न गएकाहरु पनि यसको छानबिनको दायरामा आउने बताए । उनले यो घटना सामान्य नभएको बताउँदै सिङ्गो सदनको अवहेलना भएको जिकिर गरे ।
उनले भने, ‘नागरिकबाट यति धेरै गालीको वर्षा भएको छ, यो सामान्य खालको घटना होइन । समितिको मात्र होइन, सिङ्गो संसद्को अवहेलनाको काम गर्नुभएको छ ।’ सांसद घिमिरेले आम नागरिकले सांसदहरूले छलकपट गरेर ऐन पारित गरेको भन्दै आफूहरूको बेइज्जत गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण