बालीमा डुङ्गा डुब्दा चार जनाको मृत्यु, दर्जनौँ बेपत्ता
बिहीबार, १९ असार २०८२, ११ : ५९
सारांश
- इन्डोनेसियाको बाली नजिकै डुङ्गा डुब्दा कम्तीमा चार जनाको मृत्यु भएको छ।
- डुङ्गामा ५३ यात्रु र १२ जना चालक दलका सदस्य सवार थिए, धेरै बेपत्ता छन्।
- इन्जिन फेल भएर डुङ्गा डुबेको आशंका, उद्धार जारी छ र अनुसन्धान भइरहेको छ।
बाली । इन्डोनेसियाको पर्यटकीय टापु बाली नजिकै डुङ्गा डुब्दा कम्तीमा चार जनाको मृत्यु भएको छ । राष्ट्रिय खोज तथा उद्धार एजेन्सीले बताएअनुसार अरू दर्जनौँ बेपत्ता भएका छन् ।
एजेन्सीको सुराबाया कार्यालयका अनुसार दुर्घटनामा परेको डुङ्गामा ५३ यात्रु र चालक दलका१२ जना सदस्य थिए । बुधबार स्थानीय समय अनुसार राति ११ः२० बजे जाभा टापुको पूर्वी तटमा रहेको बान्युवाङ्गीबाट बाली जाँदै गर्दा डुङ्गा डुबेको बताइएको छ ।
बिहीबार बिहान लाइफबोटमा चार जना यात्रु फेला परेका थिए । अन्य बाँचेकाहरूको खोजी जारी छ । समाचार एजेन्सी अन्ताराका अनुसार, आपत्कालीन अवस्थाका लागि धेरै एम्बुलेन्सहरू तयार राखिएको छ ।
अधिकारीहरूले डुङ्गा किन डुब्यो भनेर अनुसन्धान सुरु गरेका छन् । डुङ्गा डुब्नुभन्दा केही समय अघि इन्जिन फेल भएको भनेर स्थानीय डुङ्गा सञ्चालकले सूचना दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण