अल-हिलाललाई हराउँदै फ्लुमिनेन्से फिफा क्लब विश्वकपको सेमिफाइनलमा
सारांश
- फ्लुमिनेन्सेले साउदी क्लब अल-हिलाललाई हराएर फिफा क्लब विश्वकपको सेमिफाइनलमा स्थान पक्का गर्यो।
- माथियस मार्टिनेलीले गोल गर्दै फ्लुमिनेन्सेलाई अग्रता दिलाए भने, कालिडु कौलिबालीले अल-हिलालका लागि बराबरी गोल फर्काए।
- हर्कुलसले ७० औं मिनेटमा विजयी गोल गरे, जसले गर्दा फ्लुमिनेन्से सेमिफाइनलमा पुग्यो।
ओर्लान्डो । ब्राजिलियन क्लब फ्लुमिनेन्सेले साउदी क्लब अल-हिलाललाई हराउँदै फिफा क्लब विश्वकपको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।
गाब्रियल फुएन्टेसको पासमा १६ यार्ड टाढाबाट उत्कृष्ट फिनिस गर्दै माथियस मार्टिनेलीले पहिलो हाफको अन्त्यतिर फ्लुमिनेन्सेलाई अग्रता दिलाएका थिए।
त्यसपछि सामुएल जेभियरले मार्कोस लियोनार्डोलाई गल्तीले लडाएपछि अल-हिलालले पाएको पेनाल्टी भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) द्वारा उल्टाइएको थियो।
तर, दोस्रो हाफको ५१ औँ मिनेटमा कालिडु कौलिबालीको हेडर लियोनार्डोको खुट्टामा परेपछि अल-हिलालले बराबरी गोल फर्कायो । यो प्रतियोगितामा उनको चौथो गोल पनि थियो।
७० औँ मिनेटमा सब्सटिच्युट हर्कुलसले फ्लुमिनेन्सेका लागि विजयी गोल गरे। अल-हिलालले खेलको अन्त्यतिर निकै दबाब दिए पनि अतिरिक्त समयमा खेल धकेल्नका लागि बराबरी गोल गर्न सकेन।
फ्लुमिनेन्सेले अब मंगलबार न्यु जर्सीमा चेल्सी वा पाल्मेराइसमध्ये एकसँग खेल्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण