बजेटको पूरक प्रस्तावको अडानमा माओवादी, ३ बजेका लागि सारियो बागमती प्रदेशसभा बैठक
सारांश
- बागमती प्रदेश सभा बैठक सञ्चालनका लागि प्रतिपक्ष दलहरूले बजेटको पूरक प्रस्ताव माग गरेका छन्।
- माओवादी केन्द्रले बजेटको पूरक प्रस्ताव दर्ता नभएसम्म बैठक चल्न नदिने अडान लिएको छ।
- मुख्यमन्त्रीको सचिवालयका अनुसार, माओवादीका माग सम्बोधन गर्न पूरक प्रस्ताव समावेश गर्ने तयारी भइरहेको छ।
हेटौँडा । बागमती प्रदेशसभा बैठक सञ्चालन गर्न प्रतिपक्ष दलहरूले बजेटको पूरक प्रस्ताव माग गरेका छन् । सरकारले प्रस्तुत गरेको बजेट कार्यक्रममा छुटेका विषयहरू समेटेर पूरक प्रस्ताव संसदमा नल्याएसम्म बैठक चल्न नदिने माओवादी केन्द्रको अडान रहेको छ ।
माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक रत्नप्रसाद ढकालले संसदमा बजेटको पूरक प्रस्ताव दर्ता नभएसम्म बैठक चल्न नसक्ने बताए । उनका अनुसार सरकारसँग शुक्रबारबाटै निरन्तर छलफल भइरहेको र सरकारलाई प्रतिपक्षको तर्फबाट सहमतिमा उल्लेख भएका विषयहरू कार्यान्वयन गर्न तथा बजेटको पूरक प्रस्ताव ल्याउन माग गरिएको हो ।
सरकारले प्रतिपक्षको मागका सन्दर्भमा सकारात्मक देखिएर आवश्यक प्रबन्धमा लागेको उनले बताए । यता सरकार भने माओवादी केन्द्रले माग गरे बमोजिमको विषय सम्बोधनमा लागेको मुख्यमन्त्री बहादुरसिंह लामाको सचिवालयले जनाएको छ । सचिवालयका एक सदस्यका अनुसार संसदमा दर्ता भएको सङ्कल्प प्रस्तावमा नै उक्त पूरक प्रस्ताव समावेश गर्ने विषयमा प्रक्रिया मिलाउन मुख्यमन्त्री लामा लागिरहेका छन् ।
सङ्कल्प प्रस्तावमा नै माओवादीले माग गरेका विषयहरू समेटेर बजेटको पूरक प्रस्ताव कार्यक्रम सहित राखेर पठाउने तयारी भइरहेको उनले बताए । उक्त सङ्कल्प प्रस्तावलाई संसद्ले पास गरेर सरकारलाई निर्देशन दिने र छुटेका कार्यक्रमहरू समेटेर कार्यान्वयनमा जाने गरी सरकारले तयारी गरेको उनले बताए ।
उता प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले भने संसद् चलाउने र प्रतिपक्षको मागका विषयमा तत्काल कुनै निष्कर्ष ननिस्किएको बताए । माओवादीले माग गरे अनुसार बजेटको पूरक प्रस्ताव ल्याउने सम्भावना नरहेको उनले प्रस्ट पारे ।
यसै बिच शनिवार दिउसो १ बजेका लागि बोलाइएको बैठक सूचना टाँस गरेर ३ बजेसम्म सारिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण