प्रदेश सभा बजेट सत्र जनप्रतिनिधिको गरिमा कि बेइज्जत ? : गोसाईं
सारांश
- नेमकिपा नेता गोसाईंले बागमती प्रदेशको बजेट सत्र सत्ता समीकरणको खेलमा अल्झिएको बताए।
- असार १ गतेदेखि स्थगित हुँदै आएको प्रदेश सभा बैठक पटक-पटक सारिँदा उनले आक्रोश व्यक्त गरे।
- गोसाईंले बजेट सत्रलाई 'साउनको गाईजात्रा' भन्दै सत्ता गठबन्धनको आलोचना गरे।
मकवानपुर । नेमकिपा बागमती प्रदेश संसदीय दलका नेता सुरेन्द्र राज गोसाईंले बागमती प्रदेशको बजेट सत्र पटक पटक सरिरहेको विषयले सत्ता समीकरणको खेलमै अल्झिदा जनप्रतिनिधिको गरिमा भन्दा बेइज्जती बढी भएको बताएका छन् ।
असार १ गतेपछि निरन्तर स्थगित हुँदै आएको प्रदेशसभा बैठक असार २० गते केही बेर चले पनि फेरि अनिश्चितकालका लागि स्थगनमा परेको भन्दै उनले सामाजिक सञ्जालबाट आक्रोश व्यक्त गरेका छन् ।
'सरकारले शुक्रबार (असार २०) बेलुकी ६ बजे प्रदेशसभा बैठक बस्ने भनेको थियो। तर, पुनः निर्णय फेर्दै शनिबार (असार २१) दिउँसो १ बजे बोलाइयो। तर त्यो समय पनि पुग्न नपाउँदै फेरि ४ बजे सारियो। ४ बजेपछि फेरि कहिले हुन्छ भन्ने अत्तोपत्तो छैन। यसरी पटक–पटक बैठक सारिँदा बागमती प्रदेशको शासकीय चरित्रमाथि गम्भीर प्रश्न उठेको छ,' उनले भनेका छन् ।
‘बजेट हो कि बिचौलियाको जेट?’ भन्दै नेता गोसाईंले सत्तारूढ गठबन्धन दलहरू सत्ता भागबन्डा मिलाउनमै व्यस्त हुँदा बजेट सत्र "साउनको गाईजात्रा" मा परिणत भएको टिप्पणी गरेका छन् ।
'पटक-पटक बैठक सार्दै भागबन्डा मिलाउँदै बागमतीका शासकहरू! शासकहरूको सुशासन यही त होला,' उनले भनेका छन् । दक्षिणा चढाएर यहाँसम्म आएकाहरू दक्षिणा असुलउपर नगरी फिर्ता त किन जालान् ?, उनको प्रश्न छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण