ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्डको सार्वजनिक निष्कासन तथा बिक्री खुल्ला
सारांश
- ग्लोबल आइएमई समुन्नत योजना-२ म्युचुअल फण्ड आइतबारदेखि संघसंस्था र सर्वसाधारणका लागि खुला गरिएको छ।
- यस योजनामा न्यूनतम एक सय इकाई र अधिकतम एक करोड बीस लाख इकाईसम्म आवेदन दिन सकिनेछ।
- यस योजनाले १० वर्षमा २२४.९६ प्रतिशत प्रतिफल दिने र वार्षिक औसत २२.४९ प्रतिशत रहने प्रक्षेपण छ।
काठमाडौँ । ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्ड आज २०८२ आषाढ २२ गते आइतबारबाट संघसंस्था तथा सर्वसाधारणको लागि सार्वजनिक निष्कासन तथा बिक्री खुल्ला भएको छ ।
उक्त म्युचुयल फण्डको प्रति इकाई अंकित मूल्य रु.१० दरको बाह्र करोड इकाई मध्य न्यूनतम बिक्री हुनुपर्ने छ करोड वा कुल बिक्री भएको इकाई सङ्ख्याको न्युनतम १५ प्रतिशत इकाई मध्य योजना व्यवस्थापक कम्पनी ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई १.५ प्रतिशत वा अठार लाख इकाई तथा कोष प्रवर्द्धक कम्पनी ग्लोबल आइएमई बैक लिमिटेडको लागि १३.५० प्रतिशत वा एक करोड बैसठ्ठी लाख इकाई बीज पुँजीको रूपमा रहनेछ ।
र बाँकी न्यूनतम दश करोड बिस लाख इकाईको लागि विभिन्न सङ्घ संस्था/सर्वसाधारणहरूको लागि सार्वजनिक निष्कासन तथा बिक्री खुल्ला भएको छ । यस योजनामा सङ्घ संस्था तथा सर्वसाधारणहरूले न्यूनतम एक सय इकाई र अधिकतम एक करोड बिस लाख इकाईको आवेदन दिन सक्नेछन् ।
- प्रक्षेपण अनुसार लगानी प्रतिफल (१० वर्ष)
क्यापिटलले यस योजनाको वार्षिक औसत प्रतिशत २२.४९ प्रतिशत रहने प्रक्षेपण गरेको छ । यस अनुसार यस योजनाका इकाई धनीहरूले १० वर्षमा कुल २२४.९६ प्रतिशत प्रतिफल प्राप्त गर्नेछन् । यस योजनाको अनुमानित आन्तरिक प्रतिफल दर १६.८८ प्रतिशत रहने प्रक्षेपण गरिएको छ । क्यापिटलले यस योजनाका इकाई धनीहरूलाई पहिलो ९ वर्षसम्म ८ प्रतिशत देखि २० प्रतिशतसम्म लाभांश वितरण गर्ने सक्ने प्रक्षेपण गरिएको छ ।
ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत हालसम्म २ योजनाहरू सञ्चालन भइसकेका छन् । जसमध्ये समुन्नत योजना १ ले ७ वर्षमा १०४ प्रतिशत लाभांश वितरण गरेको छ भने १०.१६ प्रतिशत फन्ड पुनर्खरिद प्रतिफल दिएको छ । त्यस्तै, १० वर्ष अवधिको ग्लोबल आईएमई ब्यालेन्स्ड फन्ड १ को १.०२५ अर्ब कोष आकार रहेको छ ।
यस योजनाको योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । यो क्यापिटल नेपालकै पहिलो विशुद्ध मर्चेन्ट बैंकर हो जुन सन २००८ मा स्थापना भएको थियो । यो क्यापिटल नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैंकरको लाइसेन्स प्राप्त मर्चेन्ट बैंक रहेको छ जसमा ग्लोबल आइएमई बैंकको ८१.५० प्रतिशत स्वामित्व रहेको छ ।
यस योजनाको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर “मेरो शेयर” अनलाइन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सक्नेछन् ।
यस योजनाको निष्कासनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग संस्था इक्रा नेपालले कोष प्रबर्धकलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग ए माइनस प्रदान गरेको छ भने योजना व्यवस्थापकलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ्गले आईआरएन एएमसी क्वालिटी ३ (३) रेटिङ्ग प्रदान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण