बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दीपेन्द्रको निर्देशनमा फिल्म ‘क्याप्टेन साब’ बन्ने

बिहीबार, २६ असार २०८२, ११ : ३५
बिहीबार, २६ असार २०८२

सारांश

  • दीपेन्द्र के खनालको निर्देशनमा 'क्याप्टेन साब' फिल्म बन्ने भएको छ, जसमा रामेश्वर थापाको जीवनी देखाइनेछ।
  • फिल्ममा खगेन्द्र लामिछाने, सुरक्षा पन्त र सञ्जोग रसाइली मुख्य भूमिकामा रहनेछन्, र छायाङ्कन काठमाडौँ, चितवन र काभ्रेमा हुनेछ।
  • निर्देशक खनालका अनुसार, फिल्मले क्याप्टेन रामेश्वर थापाको जीवनका उतारचढावलाई सिनेमाटिक शैलीमा प्रस्तुत गर्नेछ।

काठमाडौँ । फिल्म ‘क्याप्टेन साब’ निर्माण हुने भएको छ । दीपेन्द्र के खनालको निर्देशन रहने फिल्मको बिहीबार काठमाडौँको गौरीघाटमा शुभमुहूर्त गरिएको छ । 

‘क्याप्टेन साब’ क्याप्टेन रामेश्वर थापाको बायोग्राफी हो । पाइलटसमेत रहेका रामेश्वर व्यवसायी तथा सञ्चार उद्यमी समेत हुन् । शुभ मुहूर्तमा व्यवसायी डा.उपेन्द्र महतो क्ल्याप र क्याप्टेन थापाले निर्देशन गर्दै फिल्मको सुरुवात गरेका थिए । पटकथा प्रडक्सनको दोस्रो प्रस्तुति रहेको फिल्ममा अभिनेता खगेन्द्र लामिछाने, अभिनेत्री सुरक्षा पन्त र सञ्जोग रसाइली मुख्य भूमिकामा रहनेछन् । 

दीपेन्द्रले यसअघि ‘धनपति’ मा खगेन्द्र र सुरक्षालाई मुख्य भूमिकामा लिएका थिए । त्यसयता एउटै फिल्ममा यी दुवैको पहिलो पटक सहकार्य हुन लागेको हो ।  कृष्णबहादुर थापा छायाकार रहेको फिल्मको छायाङ्कन काठमाडौँसँगै चितवन र काभ्रेका विभिन्न स्थानमा हुनेछ । फिल्मको छायाङ्कन भदौको पहिलो साताबाट सुरु हुनेछ । 

‘क्याप्टेन साब एक फरक खालको फिल्म हुनेछ । क्याप्टेन रामेश्वर थापाको जीवनका उतार चढावसँगै सिनेम्याटिक लिबर्टी लिएर फुल इन्टरटेनमेन्ट बनाउने छौँ’, निर्देशक खनालले भने– ‘क्याप्टेनले आकाशमा भोग्ने समस्या, स्थानीयस्तरमा पाउने सम्मान, व्यवसायमा जोडिन आउने विभिन्न तहका व्यक्तिलगायत पक्ष समेट्ला आफैँमा गज्जवको चलचित्र बन्ने हाम्रो विश्वास छ ।

यार्सा स्टुडियोसँगै रिच इन्टरटेन्मेन्ट पनि जोडिएको यो फिल्मका निर्मातामा निर्देशक दीपेन्द्र स्वयंसँगै करण श्रेष्ठ र सृष्टिमा खनाल रहेका छन् भने कार्यकारी निर्मातामा सिर्जना नापित हुन् ।  फिल्ममा निर्देशक खनालकै लेखन रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप