संसद् भवनमा ड्रोन खसेको घटनामा टेकस्पायर कलेजको ‘क्षमायाचना’
सारांश
- नयाँ बानेश्वरमा सञ्चालित टेकस्पायर कलेजले संसद भवनमा ड्रोन खसेको घटनाको लागि क्षमायाचना गरेको छ।
- ड्रोन विद्यार्थीहरूले बनाएको र परीक्षणका क्रममा दुर्घटना भएको क्याम्पस प्रशासनले जनाएको छ।
- संसद भवनमा ड्रोन खसालेको आरोपमा पक्राउ परेका ५ जनालाई तारेखमा रिहा गरिएको छ।
काठमाडौँ । संसद् भवन नयाँ बानेश्वर परिसरमा ड्रोन खसेको घटनामा काठमाडौँ महानगरपालिका–१० नयाँ बानेश्वरमा सञ्चालित टेकस्पायर कलेजले क्षमयाचना गरेको छ ।
क्याम्पस प्रमुख लक्ष्मण पोखरेलले प्रहरीलाई पत्र लेखेर ‘क्षमायाचना’ गरेका हुन् । विद्यार्थीहरूले बनाएको ड्रोन परीक्षणको क्रममा दुर्घटना भएको क्याम्पस प्रशासनले अनुसन्धान अधिकृतहरूलाई बताएका छन् ।
त्यस्तै संसद् भवनमा ड्रोन खसालेको आरोपमा पक्राउ परेका एक जना प्राध्यापक सहित ५ जनालाई तारेखमा राखिएको छ । पक्राउ परेकाहरूलाई तारेखमा राखिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले रातोपाटीलाई बताए । उनले भने, ‘घटनामा संलग्नहरूलाई तारेखमा राखेका छौँ ।’
ड्रोन तयार गर्न टास्क दिने प्राध्यापक बिजय बाबु रेग्मी तथा तयार गर्ने कलेजका विद्यार्थीहरू समन महर्जन, सुजल काजी श्रेष्ठ, समिप खतिवडा र अफ्ताव रेजालाई प्रहरी वृत्त नयाँ बानेश्वरले बिहीबार जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराएको थियो ।
अनुमति विना ड्रोन उडाउनेहरूलाई प्रमुख जिल्ला अधिकारीले कारबाही गर्नसक्ने कानुनी व्यवस्था छ । असार २३ मा राति परिक्षण गर्दा सिग्नल लस्ट भएर सो ड्रोन खसेको विद्यार्थीहरूले प्रहरीलाई बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण