मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

लर्ड्स टेस्टको पहिलो दिन इंग्ल्यान्डको पकड, रुट शतकबाट एक रन टाढा

शुक्रबार, २७ असार २०८२, ०७ : १५
शुक्रबार, २७ असार २०८२

सारांश

  • लर्ड्समा भारतविरुद्धको तेस्रो टेस्टमा इंग्ल्यान्डले पहिलो दिन ४ विकेट गुमाएर २५१ रन बनायो।
  • इंग्ल्यान्डका जो रुट ९९ रन र कप्तान बेन स्टोक्स ३९ रनमा अविजित रहे, र उनीहरूले ७९ रनको साझेदारी गरे।
  • इंग्ल्यान्डले टस जितेर पहिले ब्याटिङ रोजेको थियो, जसमा ओली पोपले ४४ रन बनाए।

लर्ड्स । प्रतिष्ठित लर्ड्स मैदानमा भारतविरुद्ध जारी तेस्रो टेस्ट खेलको पहिलो दिन इंग्ल्यान्डले आफ्नो पक्षमा पारेको छ। पहिलो दिनको समाप्तिसम्ममा इंग्ल्यान्डले ४ विकेटको क्षतिमा २५१ रन बनाएको हो। 

जो रुट ९९ रनमा र कप्तान बेन स्टोक्स ३९ रनमा अविजित छन्। दुवैले पाँचौँ विकेटका लागि १७० बलमा ७९ रनको महत्त्वपूर्ण अविजित साझेदारी गरेका छन्। रुट आफ्नो ३७औँ टेस्ट शतकबाट मात्र एक रनले टाढा छन्।

बिहीबार भएको खेलमा इंग्ल्यान्डले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो। खराब सुरुवात गर्दै ४४ रन बनाउँदा दुई विकेट गुमाएपछि ओली पोप र जो रुटको जोडीले इनिङ्स सम्हालेका थिए। 

दिनको दोस्रो सत्रमा इंग्ल्यान्डले कुनै पनि विकेट गुमाएन। अन्तिम सत्रमा रुट र स्टोक्सले ७९ रनको अविजित साझेदारी गर्दै टोलीलाई बलियो स्थितिमा पुर्‍याए।

इंग्ल्यान्डका लागि ओली पोपले ४४ रन बनाए भने बेन डकेट २३, ज्याक क्राउली १८ र ह्यारी ब्रुक ११ रन बनाएर आउट भए।

भारतका लागि युवा अलराउन्डर नितिश कुमार रेड्डीले २ विकेट लिएका छन्। यस्तै, जसप्रित बुमराह र रवीन्द्र जडेजाले समान १-१ विकेट लिए। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप