नेपाली भाषाको श्रीवृद्धिमा आदिकवि भानुभक्तको योगदान महत्त्वपूर्ण : मुख्यमन्त्री पाण्डे
सारांश
- मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भानुभक्त आचार्यको योगदानको प्रशंसा गरे।
- भानुभक्तका विचार र आदर्शलाई आत्मसात् गर्दै भाषा, साहित्य र संस्कृतिको संरक्षण गर्नुपर्ने कुरा उल्लेख छ।
- गण्डकी प्रदेश सरकारले आदिकविको सम्मानमा सार्वजनिक बिदा दिएको छ।
पोखरा । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली भाषाको श्रीवृद्धि र राष्ट्रिय एकता प्रवर्द्धनमा आदिकवि भानुभक्त आचार्यले पुर्याउनुभएको योगदान महत्त्वपूर्ण रहेको बताएका छन् ।
आदिकवि भानुभक्तको २१२ औँ जन्म जयन्तीका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले भानुभक्तका विचार र आदर्शहरूलाई आत्मसात् गर्दै नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण र प्रवर्द्धनमा निरन्तर लागिरहनुपर्ने उल्लेख गरेका हुन् ।
‘घाँसीको प्रेरणाबाट महत्त्वपूर्ण कृति जन्माउनुभएको घटनाले उहाँको सरलता र महानता झल्कन्छ, रामायणजस्तो चर्चित र लोकप्रिय ग्रन्थलाई नेपालीमा अनुवाद गरी जनजनमा पुर्याएर नेपाली भाषाको श्रीवृद्धि मात्र होइन राष्ट्रिय एकता प्रवर्द्धन उहाँले गर्नुभएको योगदान सदा स्मरणीय छ’, मुख्यमन्त्री पाण्डेद्वारा जारी गरिएको सन्देशमा जनाइएको छ ।
वि.सं १८७१ असार २९ गते तनहुँको चुँदी रम्घा गाउँमा जन्मिनुभएका भानुभक्तले भाषिक एकीकरणको सुरुवात गरेका थिए । रामायण, बधुशिक्षा, भक्तमाला, रामगीतालगायत उनका कैयौँ रचनाहरूले राष्ट्रिय पहिचान, सांस्कृतिक चेतना जगाउन र नेपाली संस्कृतिलाई बलियो बनाउन भूमिका खेलेका छन् ।
गण्डकी प्रदेश सरकारले आदिकवि भानुभक्तको सम्मानमा आज प्रदेशभर सार्वजनिक बिदासमेत दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण