जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
आइतबार, २९ असार २०८२, ११ : ४७
सारांश
- तनहुँमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन्।
- म्याग्दे गाउँपालिका-५ साउनेपानीमा कमल रानाको कटेजमा उनीहरूलाई पक्राउ गरिएको हो।
- प्रहरीले नगद ६३ हजार २६० रुपैयाँ र तासका ४ बुक बरामद गरेको छ।
तनहुँ । तनहुँमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् । जिल्लाको म्याग्दे गाउँपालिका–५ साउनेपानी बस्ने ४० वर्षीय कमल रानाको कटेजमा जुवातास खेलिरहेको अवस्थामा कमल समेत ६ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६३ हजार २
सय ६० रुपैयाँ र तास ४ बुक सहित पक्राउ गरेको छ । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण