बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रुपन्देही–३ उपनिर्वाचन : दीपक बोहराका दुई छोरासहित ६ जना सिफारिस

आइतबार, २९ असार २०८२, १७ : ३१
आइतबार, २९ असार २०८२

सारांश

  • रुपन्देही क्षेत्र नम्बर ३ मा उपनिर्वाचनका लागि राप्रपाले ६ जनाको नाम सिफारिस गरेको छ।
  • सिफारिसमा मृतक दीपक बोहराका दुई छोरा र पार्टीका जिल्ला अध्यक्ष लगायतका नेताहरु छन्।
  • राप्रपाले असार मसान्तसम्म उम्मेदवारको नाम पठाउन निर्देशन दिएको थियो।

बुटवल । रुपन्देही क्षेत्र नम्बर ३ मा आगामी कार्तिक १७ गते हुने उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट ६ जनाको नाम सिफारिस गरिएको छ । 

राप्रपा जिल्ला कार्यसम्पादन समितिको बैठकले ६ जनाको नाम सिफारिस गरेको हो । उक्त क्षेत्रबाट निर्वाचित दीपक बोहराको निधनपछि हुन लागेको उपनिर्वाचनमा उनका दुई छोराहरु (गौरव बोहरा र प्रज्वल बोहरा)को नाम सिफारिस  गरिएको छ । 

यसैगरी पार्टीको रुपन्देही जिल्ला अध्यक्ष तथा पूर्व नगरप्रमुख सागर प्रताप राणा, केन्द्रीय सदस्य वसन्त विक्रम शाही, केन्द्रीय सदस्य स्वाती थापा र जिल्ला प्रवक्ता एवं अधिवक्ता दिलीप कुमार मल्लिकाको नाम पनि सिफारिस गरिएको छ । 

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले असार मसान्तसम्म सम्भावित उम्मेदवारको नाम पठाउन जिल्ला कार्यसमितिलाई निर्देशन दिए अनुसार आज यस्तो निर्णय गरेको राप्रपा  रुपन्देही अध्यक्ष राणाले रातोपाटीलाई बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप