यमनमा पुनः फैलिँदै पोलियो, खोप अभियान सुरु
सारांश
- यमनमा पोलियो रोग रोकथामका लागि १३ लाख ५० हजार बालबालिकालाई खोप अभियान सुरु गरिएको छ।
- स्वास्थ्यकर्मीहरूले घर-घरमा गएर खोप दिनेछन्, यो अभियान १२० जोखिमयुक्त जिल्लामा केन्द्रित छ।
- सन् २०२० यता यमनमा २८२ नयाँ पोलियो सङ्क्रमण देखिएका छन्, जसमा अधिकांश पाँच वर्षमुनिका बालबालिका छन्।
यमन । यमनले लामो समयदेखि जारी द्वन्द्वका बिच पुनः फैलिन थालेको पोलियो रोग रोकथाम गर्न १३ लाख ५० हजार बालबालिकालाई लक्षित गर्दै तीन दिने खोप अभियान सुरु गरेको छ । शनिबारदेखि सुरु भएको यस अभियानबारे सरकारी सञ्चार माध्यमले जानकारी दिएको हो ।
यो अभियान अन्तर्गत झन्डै सात हजार स्वास्थ्य टोलीले घर–घरमा गएर पोलियो खोप प्रदान गर्नेछन् । अभियान १२० अत्यधिक जोखिमयुक्त जिल्लामा केन्द्रित छ ।
सरकारको नियन्त्रणमा रहेका १२ क्षेत्रमा सञ्चालन भइरहेको अभियानको आवश्यकता बढ्दो सङ्क्रमण दरले देखाएको छ । बालबालिकासम्बन्धी अन्तर्राष्ट्रिय संस्था र विश्व स्वास्थ्य निकायका अनुसार सन् २०२० यता यमनमा पोलियोका २८२ नयाँ सङ्क्रमण भेटिएका छन्, जसमा ९८ प्रतिशत पाँच वर्षमुनिका बालबालिका छन् । युद्धका कारण सन् २०२३ मा देशभर पोलियो खोप दिने दर ४६ प्रतिशतसम्म झरेको थियो ।
विश्व स्वास्थ्य सङ्गठनको यमन प्रतिनिधि फेरीमा कुलबिबाली जेर्बोले भने,“यमनमा लामो द्वन्द्व, कमजोर स्वास्थ्य प्रणाली र खोपको न्यून पहुँचका कारण पोलियो पुनः फैलिने ठुलो जोखिममा छ । यस्तो अवस्थामा खोप अभियान अत्यावश्यक छ ।”
त्यसैगरी बाल संरक्षण संस्था युनिसेफका प्रतिनिधि पिटर हकिङ्सले भने,“खोप नलगाइएका बालबालिकाका लागि पोलियो अझै गम्भीर खतरा हो। खोपमार्फत हाम्रा बालबालिकालाई सुरक्षित राख्न सकिन्छ।”
यमन सन् २०१४ यता गृहयुद्धमा फसेको छ । विद्रोही समूहले राजधानी साना र देशको उत्तरी भूभाग नियन्त्रणमा लिएपछि सन् २०१५ मा छिमेकी मुलुकहरूको गठबन्धनले मान्यता प्राप्त सरकारको समर्थनमा हस्तक्षेप गरेको थियो । युद्धका कारण यमन हाल विश्वकै एक गम्भीर मानवीय सङ्कटमा परेको मुलुक बनेको छ, जहाँ करोडौँ नागरिक भोक, गरिबी र सेवा सुविधाको अभावमा जीवन यापन गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण