फिफा क्लब विश्वकप २०२५
फिफा क्लब विश्वकप २०२५ः उपाधिका लागि पिएसजी र चेल्सी भिड्दै
सोमबार, ३० असार २०८२, ०० : ११
सारांश
- पेरिस सेन्ट जर्मेन (पिएसजी) र चेल्सी फिफा क्लब विश्वकप २०२५ को फाइनलमा प्रतिस्पर्धा गर्दैछन्।
- सेमिफाइनलमा पिएसजीले रियल मड्रिडलाई ४-० ले पराजित गरेको थियो।
- चेल्सीले सेमिफाइनलमा फ्लुमिनेन्सेलाई २-० ले हराएर फाइनलमा स्थान बनाएको हो।
काठमाडौँ । युरोपियन च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) र इंग्लिस क्लब चेल्सी फिफा क्लब विश्वकप २०२५ को उपाधिका लागि फाइनल खेलमा प्रतिस्पर्धा गर्दैछन्।
खेल नेपाली समयअनुसार सोमबार बिहान १२ः ४५ अमेरिका, न्यू जर्सीस्थित मेटलाइफ स्टेडियममा हुँदैछ।
पिएसजीले यसअघि सेमिफाइनलमा रियल मड्रिडलाई ४–० ले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो। त्यसअघि प्रतियोगितामा उसले इन्टर मियामी, बायर्न म्युनिख, जस्ता टोलीलाई हराएको थियो ।
चेल्सीले भने सेमिफाइनलमा फ्लुमिनेन्सेलाई २–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण