फिफा क्लब विश्वकप: पीएसजीलाई हराउँदै चेल्सीलाई उपाधि
सारांश
- चेल्सीले फिफा क्लब विश्वकप २०२५ को उपाधि जितेको छ।
- चेल्सीले पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई ३-० गोल अन्तरले पराजित गर्यो।
- खेल अमेरिकाको न्यू जर्सीको मेटलाइफ स्टेडियममा भएको थियो, जसमा ट्रम्प पनि उपस्थित थिए।
काठमाडौँ। फिफा क्लब विश्वकप २०२५ को उपाधि इङ्लिस क्लब चेल्सीले जितेको छ।
नेपाली समयअनुसार सोमबार बिहान १२ः४५ मा सुरुभएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई ३ः० गोल अन्तरले हराउँदै चेल्सीले उपाधि जितेको हो ।

न्यू जर्सीस्थित मेटलाइफ स्टेडियम सम्पन्न खेलमा चेल्सीका लागि २२ औँ मिनेटमा कोल पाल्मरले पहिलो गोल गर्दै टोलीका लागि खाता खोलेका थिए । खेलको २९ औँ मिनेट आफ्नो व्यक्तिगत दोस्रो गोल गर्दै उनले टोलीकाे अग्रता २-० पुर्याए । पहिलो हाफकै ४३ औँ मिनेटमा जोआओ पेड्रोले गोल गर्दै टोलीलाई तीन गोलको अग्रता दिलाए ।
खेलको ८५ औँ मिनेटमा पीएसजी १० खेलाडीमा सिमित भएको थियो । पीएसजीका जोआओ नेभेसले विपक्षी खेलाडीलाई गम्भीर ‘फाउल’ गरेपछि रेफ्रीले उनलाई ‘रेड कार्ड’ दिँदै मैदना बाहिर पठाएका थिए ।
दोस्रो हाफमा कुनै टोलीले थप गोल गर्न नसक्दा चेल्सी -० ले विजयी भएको हो ।
सोमबार सम्पन्न खेल हेर्न अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्प पनि पुगेका थिए । उनी पत्नी, प्रथम महिला मेलानिया ट्रम्पसहित आफ्नो निवास रहेको बेडमिन्स्टरको गल्फ क्लबबाट पूर्वी रदरफोर्डस्थित मेटलाइफ स्टेडियमसम्म करिब ४० माइल यात्रा गर्दै खेल अवलोकन गर्न पुगेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
-
लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकारमा जाँदैनौँ
-
देउवा समूहको कार्यक्रममा डा. शेखर कोइराला जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण